khabar,
जिल्लाका कुश्मीसेराका स्थानियबासीहरु...
Posted by Unknown
Published on Friday, 20 December 2013
बुर्तिबाङ,
पौष ०४ । जिल्लाका कुश्मीसेराका स्थानियबासीहरु परम्परागत खेती प्रणालीबाट
नियमित आम्दानी हुन छोडेपछि धान फल्ने खेतमा केराको व्यवसायिक खेती गरेर
बार्षिक लाखौं रुपैयाँ आम्दानी गर्न सफल भएका छन् । कुश्मीशेरा–२ का कृषक
डिल्लीप्रसाद शर्माले धान लगाउँदै आएको ८ रोपनी जमिनमा केरा खेती गरेर
राम्रो आम्दानी गर्न थाल्नुभएको छ । केराको नियमित बिक्रीबाट मात्रै
शर्माले बार्षिक साढे दुई लाख देखी ३ लाखसम्म आम्दानी गर्दै आउनुभएको छ ।
बार्षिक
७ मुरी धान फल्ने ६ रोपनी खेत र बार्षिक ४ मुरी कोदो फल्ने २ रोपनी बारीमा
केराको व्यवसायिक खेती गर्दै आएको शर्माले बताउनुभयो । धान, मकै, गहुँ र
कोदो लगायतका उपभोग्य बस्तुको उत्पादन गर्दा समय पनि धेरै लाग्ने र खर्च
समेत उत्पादन भन्दा धेरै हुन थालेपछि केरा खेती गरेको उहाँको भनाई छ ।
गाउँघरमा
पनि केराको माग उच्च रहेको र उत्पादन कम भएकाले आफुलाई बजारको समस्या
नरहेको स्थानिय कृषकको भनाई छ । उनिहरुले उत्पादन गरेको केरा स्थानिय
बजारमा काँचो प्रतिकोसा ३ रुपैयाँ र पाकेको प्रतिकोसा ४ रुपैयाँमा बिक्री
हुने गरेको छ ।
अरु
खेतीबालीमा भन्दा कम समय र परिश्रम गरेर पनि मनग्य आम्दानी लिन केरा
खेतीनै उचित बिकल्प भएको उनिहरुकोे बुझाई छ । ३ सय बिरुवाबाट दुई बर्षअघि
सुरु गरिएको केरा खेती यतिबेला भने भरिभराउ अवस्थामा छ । गाउँलेसँग केही
बिरुवा मागेर र केही बिरुवा किनेर खेतबारीमा रोपेका पौडेलले तिनै बिरुवाको
गाँज लागेपछि फुटाएर खेतबारी भरेका हुन् ।


0 comments
Readers Comments
i love like and koment