,

आफ्नै नेतृत्वमा सरकार बनाउने कांग्रेसको निर्णय

आफ्नै नेतृत्वमा सरकार बनाउने कांग्रेसको निर्णय
===========================

काठमाडौं, पुस ७
नेपाली काँग्रेस केन्द्रीय समितिको बैठकले सबै दलको सहमति र सहकार्यमा वर्ष दिनभित्रै संविधान निर्माणलाई पूर्णता दिँदै काँग्रेस नेतृत्वमा सहमतिको सरकार निर्माण गर्न सबै राजनीतिक दलको सहमति र सहकार्यका लागि आग्रह गर्ने निर्णय गरेको छ । बुधबारदेखि सुरु भएको केन्द्रीय समितिको आजको बैठकले सहमतिको सरकार बनाउने प्रयास सफल नहुने अवस्थामा मात्र बहुमतको सरकार बनाउनुपर्ने निर्णय गरेको छ । “नेपाली कांकाठमाडौं, पुस ७–नेपाली काँग्रेस केन्द्रीय समितिको बैठकले सबै दलको सहमति र सहकार्यमा वर्ष दिनभित्रै संविधान निर्माणलाई पूर्णता दिँदै काँग्रेस नेतृत्वमा सहमतिको सरकार निर्माण गर्न सबै राजनीतिक दलको सहमति र सहकार्यका लागि आग्रह गर्ने निर्णय गरेको छ ।ग्रेस सबै राजनीतिक दलसँग सहमति र सहकार्य गर्दै एक वर्ष भित्रै संविधान निर्माणलाई पूर्णता दिन चाहन्छ, संविधानसभामा ठूलो पार्टीमा स्थापित कांँग्रेसको नेतृत्वमा सहमतिको सरकार निर्माण गर्न यो बैठक सबै राजनीतिक दलको सहमति र सहयोगका लागि आग्रह गर्छ,” काँग्रेसको निर्णयमा भनिएको छ । काँग्रेसले संविधानसभा—संसद्को निर्वाचन परिणामले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान निर्माण गर्न राजनीतिक दलका बीच समझदारी बनाएर कार्य गर्नुपर्ने आदेश दिएको निष्कर्षसमेत निकालेको छ । उसले सहमति र सहकार्यका लागि सबै राजनीतिक दलसँगको वार्ता र संवादलाई सघन रुपले अघि बढाउने निर्णयसमेत गरेको केन्द्रीय सदस्य रामशरण महतले बताए । “काँग्रेसको नेतृत्वमा सरकार गठन गर्न पहल गर्ने निर्णय ग¥याँै, त्यसमा सकेसम्म सबै दललाई सहभागी गराएर सरकार निर्माण गर्ने प्रयास रहन्छ, संविधान र सरकार निर्माणका लागि पनि सहकार्य सहमतिको भावनाअनुरुप अघि बढ्छाँै,” महतले भने । उहाँले समानुपातिकतर्फको उम्मेदवारको नामावली पनि यही पुस१० गतेसम्म निर्णय गरी बुझाइने बताउँदै संसदीय समितिको बोर्डको बैठकले त्यसबारे निर्णय गरेर कार्यसमितिको बैठकले अनुमोदन गर्ने जानकारी दिए । प्रवक्ता दिलेन्द्रप्रसाद बडूले संविधानसभालाई छिटो पूर्णता दिएर अन्य दलले उठाएका मागलाई समेत संविधानसभाबाटै समाधान दिने गरी संविधान निर्माणलाई प्राथमिकता दिन बैठकले विशेष जोड दिएको जानकारी दिए ।

0 comments

Readers Comments

i love like and koment

Latest Posts

आँखै प्यारो छ

visitnepal

Visit Nepal Info and Guide