,

कसरी बनाउने फेसबुक पेज ?Step 1

कसरी बनाउने फेसबुक पेज ?Step 1 :








आफ्नो फेसबुक एकाउन्टमा Log In गर्नुहोस् । होमपेजको पुछारमा वा आफूले भिजिट गरेको कुनै पेजको दाहिनेपट्टिCreate a Page
भन्ने अप्सन देख्नुहुनेछ । त्यहाँ क्लिक गर्नुहोस् ।
Step 2 :
अब तलको जस्तो पेज खुल्नेछ जहाँ ६ ओटा categories दिईएको हुन्छ । तपाईले आफ्नो पेज कुन अर्न्तगत राख्न चाहानुहुन्छ तीमध्ये कुनै एउटामा क्लिक गर्नुहोस् ।
Step 3 :
अब आफूले राख्न चाहेको पेजको नाम राख्नुहोस् र Enter गर्नुहोस् ।
यति गरीसकेपछि तपाईको पेज बनिसकेको हुनेछ, तर खालि ।
Step 4 :
तपाईलाई अब पेजको प्रोफाईल फोटो राख्न भनिन्छ । आफ्नो कम्प्युटरबाट सुहाँउदो फोटो अपलोड गर्नुहोस् वा कुनै वेबसाईटबाट राख्नुहोस् ।
Step 5 :
प्रोफाईल फोटो राखिसकेपछि तपाईलाई आफ्नो पेजको बारेमा छोटो description लेख्न भनिन्छ ।
त्यसपछि तपाईले त्यो पेज आफ्नो wall मार्फत सेयर गर्न सक्नुहुन्छ र आफ्ना साथिहरुलाई लाईक गर्नका लागि invite गर्न सक्नुहुन्छ ।
Step 6 :
तपाईले आफ्नो पेजको बारेमा कुनै जानकारी वा विवरण राख्नका लागि , पेजमा एडमिन (admin) हरु राख्न / हटाउनका लागि, प्रोफाईल फोटो फेर्नका लागि , पेजको लागि vanity url ( www.facebook.com/username) राख्नको लागि आदि ईत्यादिको लागि पेज खुलेपछि देखिने Admin panal कोEdit Pageअप्सनमा गई आवश्यक परिवर्तन गर्न सक्नुहुन्छ ।
यति गरिसकेपछि तपाईको एउटा सामान्य फेसबुक पेज तयार हुन्छ । तपाईले आफ्नो स्ट्याटस् , फोटो, भिडियो वा लिँक आफ्ना पेजका फ्यानसामु प्रस्तुत गर्न सक्नुहुन्छ ।
कुनै समस्या आईपरेमा तलको कमेन्ट बक्सको प्रयोग गर्नुहोला ।

0 comments

Readers Comments

i love like and koment

Latest Posts

आँखै प्यारो छ

visitnepal

Visit Nepal Info and Guide