,

हामी परदेशी हौ

हामी परदेशी हौ जो आफ़्नो बचेराहरुको लागी चारो बटुल्न सात समुद्र पारी आएका छौ बाटो हेर्दै बस्दै होलान कठै ति बचेराहरु भोक ले अत्तालिदै जाडो ले कठ्यांग्रिदै कठै ति बचेरा कती घाम हुरी बतास सहे होलान कती बर्षात सहे होलान कती असिना को चुटाई खाए होलान तर यहाँ उसको आमा बाबु चारो खोज्दै भौतारिदै कोही कालकोठरी मा त कोही अरब को तातो घाम मा कोही गैटी बेल्चा चलाउदै त कोही भाँडा माझ्दै ओहो अझै पनी चारो प्रयाप्त पाएको छैनन आखिर चारो को निम्ती उडेको चरी रित्तो हात फ़र्किन नि भएन नी कती लाई ब्यधाले गुलेली हानेर पखेटा भाचिदिएका छन कती लाई अनेकौ चोट दिएका छन कोही चारो लिएर फ़र्कदै गर्दा शिकारी को फ़ेला परी मर्न बाध्य छन त कोही रोगले बिदा भएका छन कोही चारो को सट्टा अंगभंग भएर फ़र्केका छन त कोही जेनतेन सानो कोशेली लिएर फ़र्केका छन धेरै बर्षको इंतजार पछी पनी आफ़्नो जिवन साथी न आए पछी बैरागी भएर कती चरी हरु आफ़्नो गुँड छोडेर पर भागेका छन कस्तो अभागी ती चरी जसको खातिर आफ़ु उडेर गयो फ़र्की आउदा भेट्न पाउदैन अलिकति ल्याएको खुशी बाड्न पाउदैन एउटा तिरमा उनीएको माछी झै सुकेर अंत्यमा उ पनी बिलाप गर्दै धर्ती मा मिल्न जान्ंछ आज त्यो चरी लाई समय ले ठगेको छ भाग्यले लुटेको छ शत्रु हासेका छन अनी उसका मनहरु बिछिप्त हुदै कोही बेहोसिमा कोही नसामा डुबीरहेछन त कोही थोरै चारो खुलाएर फ़ेरी चारो खोज्न उडेका छन त आफ़्नो यात्रालाई टुंगाएर बसेका छन आखिर कसलाई थाहा जिवन कहा गएर टुंगिन्ंछ भन्ने कुरा हिजो नि चरी को उही हाल थियो आज नि उस्तै छ सायद भोली पनी यस्तै नहोला भन्न सकिदैन किस्मत नै :::

0 comments

Readers Comments

i love like and koment

Latest Posts

आँखै प्यारो छ

visitnepal

Visit Nepal Info and Guide