,

फेसबुक चलाउँदा मानसिक रोग निको !

फेसबुक चलाउँदा मानसिक रोग निको !

सामाजिक संजाल फेसबुकमा तपाई दिनमा कति घण्टा बिताउनुहुन्छ ? कहिलेकाहीं यसको प्रयोग कुलतकै तहमा पुग्यो कि भनेर चिन्तित त हुनुभएको छैन ?

Facebookयदि त्यसो हो भने तपाईका लागि खुसीको खवर छ । फेसबुक चलाउँदा प्रयोगकर्ताको मानसिक उपचार हुने हालै सार्वजनिक एक अनुसन्धानले दावी गरेको छ ।

अष्ट्रेलियाको क्विन्सल्याण्ड स्कूल अफ टेक्नोलोजीले हालै सार्वजनिक गरेको अनुसन्धानले फेसबुकलाई ‘सेल्फ थेरापी’ अर्थात स्वउपचारको माध्यमका रुपमा ब्याख्या गरेको छ ।

‘सामाजिक संजालले मानिसलाई आफ्ना धारणा र काम अरुसँग बाँडन् अभिप्रेरित गर्छ, गलत कामको प्रायश्चित गर्छ र उपलब्धीप्रति गौरव गर्छ’ अनुसन्धानमा निष्र्कष निकालिएको छ-’यो एक ऐनाजस्तै बनेको छ जसले प्रयोगकर्ताका लागि मानसिक उपचारको माध्यमको रुपमा काम गर्छ ।’

पहिले पहिले आफ्ना बिषयमा लेख्नु कथित ठूला र बौद्धिक मानिसको मात्र कामजस्तो बुझिदै आएको थियो । तर, फेसबुकले आम मानिसलाई मन लागेको कुरा लेख्ने र सेयर गर्ने मौका दिएको र यसले प्रयोगकर्ताले आफ्नै आनीबानीमा सुधार गर्ने मौकासमेत पाएको बताइएको छ ।

0 comments

Readers Comments

i love like and koment

Latest Posts

आँखै प्यारो छ

visitnepal

Visit Nepal Info and Guide