समाचार,
हस्तलिखित राहदानीको म्याद अब २० महिना, विदेशमा २५ लाखको एमआरपी बनाउन बाँकी
Posted by Unknown
Published on Wednesday, 29 January 2014
हस्तलिखित राहदानीको म्याद अब २० महिना, विदेशमा २५ लाखको एमआरपी बनाउन बाँकी
१५ माघ, काठमाडौँ । दुई राजदूतावासले विदेशस्थित नेपालीहरुर्ला एमआरपी लिन आग्रह गरेका छन् । कतारस्थित नेपाली दूतावासले एमआरपी बनाउने कार्य अघि बढाउन त्यहाँस्थित कामदारलाई आग्रह गरेको छ । दूतावासले हालै अनिवार्य एमआरपी लिनुपर्ने भएकाले दूतावासमा सम्पर्क गरेर आवेदन फारम बुझाउन कतारमा रहेका नेपालीसंग अनुरोध गरेको छ ।Passport_nepal
यसैगरी फ्रान्स्थित नेपाली दूतावासले पनि एमआरपी बनाउने बारेमा जानकारी दिन छलफल कार्यक्रम आयोजना गरेको छ ।
दूतावासले छुट्टै हटलाइन टेलिफोन लाइनको व्यवस्था गरेर एमआरपीबारे जानकारी गराउने, नेपालीका गुनासा सुन्ने तथा अनलाइनबाट सूचना आदानप्रदान गर्ने व्यवस्था मिलाएको छ । रीत पुगेका आवेदन फाराम धमाधम नेपालस्थित राहदानी विभागमा पठाउन थालिएको दूतावासले जानकारी दिएको छ ।
बैदेशिक रोजगार व्यवसायीले विदेशमा रहेका कामदारका लागि मेसिन रिडेबल पासपोर्ट एमआरपी बनाउन ढिलाई गरिए निकट भविष्यमा नेपाली कामदारले चर्को समस्या खेप्नुपर्ने बताएका छन् । हस्तलिखित राहदानी प्रयोग गर्न पाइने अबधि अब २० महिनामात्र बाँकी छ ।
त्यसपछि एमआरपी देखाउन नसके सम्बद्ध अध्यागमन तथा विमानस्थल कार्यालयले यात्रा गर्नबाट बञ्चित गर्न सक्छ । विदेशमा रहेका करिब २५ लाख नेपालीको हस्तलिखित राहदानी परिवर्तन गरेर एमआरपी लामो समय लाग्ने भएकाले तत्काल काम थाल्न सरोकारवालाले माग गरेका छन् । आजको अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।

0 comments
Readers Comments
i love like and koment