सायरी,
सम्झनाका तस्बिरहरू जलाई दिए हुन्छ !
Posted by Unknown
Published on Thursday, 30 January 2014
सम्झनाका तस्बिरहरू जलाई दिए हुन्छ !
सजाएका सपना सारा ढलाई दिए हुन्छ !!
विश्वासले रोपेको बोट खडेरीमै सुकाइ !
मिठो फल अन्त कतै फलाई दिए हुन्छ !!
बाच्नै पर्यो घाइते भई मुटु तोडे पनि !
नभएका हल्लाहरू चलाई दिए हुन्छ !!
हाँसी -हाँसी तिम्रै हातले दिन्छौ भने जहर !
अमृत मानी पिउन सक्छु मलाई दिए हुन्छ !!
मरेपछि को नै छ र लाश जलाउनलाई !
नूनचुक छरी शरीर मेरो गलाई दिए हुन्छ !!
सजाएका सपना सारा ढलाई दिए हुन्छ !!
विश्वासले रोपेको बोट खडेरीमै सुकाइ !
मिठो फल अन्त कतै फलाई दिए हुन्छ !!
बाच्नै पर्यो घाइते भई मुटु तोडे पनि !
नभएका हल्लाहरू चलाई दिए हुन्छ !!
हाँसी -हाँसी तिम्रै हातले दिन्छौ भने जहर !
अमृत मानी पिउन सक्छु मलाई दिए हुन्छ !!
मरेपछि को नै छ र लाश जलाउनलाई !
नूनचुक छरी शरीर मेरो गलाई दिए हुन्छ !!



0 comments
Readers Comments
i love like and koment