,

टेलिकमले ल्यायो नि:शुल्क वाइफाई

२ फागुन, काठमाडौं - नेपाल टेलिकमले राजधानीका विभिन्न ठाउँमा वाइफाई सुबिधा प्रदान गरेको छ । टेलिकमद्वारा प्रकाशित सूचना अनुसार टेलिकमले राजधानीका बिभिन्न २० ठाउँमा वाइफाई हटस्पट जडान गरी वाइफाई सेवा प्रदान गरेको हो ।

 साथै टेलिकमले आफ्नो १०औं वाषिर्कोत्सवको अवसरमा ती ठाउँमा २२ दिनसम्म निःशुल्क वाइफाइ इन्टरनेट चलाउन सकिने समेत जनाएको छ । टेलिकमका अनुसार यही फागुन २२ गते सम्म उपभोक्ताहरुले उक्त वाइफाई नि:शुल्क प्रयोग गर्न पाउने छन् ।

टेलिकमले राजधानीका धरहरा क्षेत्र, गोंगबु बसपार्क, लाजिम्पाट चोक(उत्तरढोका), नयाँ बानेश्वर चोक, कोपुण्डोल गुसिंगाल एडभान्स इन्जिनियरिङ कलेज वरपर, सितापाइला चोक एक्मी इन्जिनियरिङ कलेज वरपरको स्थानलाई वाइफाइ हटस्पट जोन बनाएको छ ।

साथै टेलिकमले चाबहिलको हेल्पिङ हृयाण्ड कम्युनिटी, बयोधा हस्पिटल बल्खु, स्टार हस्पिटल सानेपा, नेको नेपाल मनमोहन स्मृति हस्पिटल, भृकुटीमण्डप, नरसिङ्ग चोक ठमेल, वीर हस्पिटल, गंगालाल हस्पिटल, टिचिङ हस्पिटल, कालिमाटी काठमाडौं इन्जिनियरिङ कलेज वरपर, काठमाडौं मेडिकल कलेज हस्पिटल सिनामंगल, केशरमहल चोक (नारायणहिटी), पाटन हस्पिटल, मंगलबजार ललितपुर चेम्बर अफ कमर्शको कार्यालय वरपर पनि निःशुल्क वाइफाइ सेवा दिएको जनाएको छ ।

नि:शुल्क वाइफाई सेवा लिन टेलिकमको पोष्टपेड तथा प्रिपेड मोबाइलका ग्राहकहरुले आफ्नो मोबाइलमा wifi टाइप गरी १४१६ मा म्यासेज पठाउनुपर्नेछ । म्यासेज पठाएपछि टेलिकमले म्यासेज मार्फत् पठाएको पासवर्ड प्रयोग गरेर वाइफाई चलाउन सकिने छ ।

वाइफाई चलाउन भने मोबाइल वा ल्यापटपको वाइफाइ मेनुमा गएर एनटी वाइफाइलाई कनेक्ट गर्नु पर्ने । त्यसपछि आउने वेब पेजको युजर नेम बक्समा आफ्नो मोबाइल नम्बर टाइप गर्ने र पासवर्ड बक्समा म्यासेजबाट प्राप्त पासवर्ड टाइप गरी इन्टरनेट चलाउन सकिने जनाएको छ । एक पटकमा SMS पठाए पछी ६० मिनेट को निशुल्क वाइफाई सेवा सुचारु हुने र यो २४ घण्टा भित्र प्रयोग गर्न सकिने छ । 

0 comments

Readers Comments

i love like and koment

Latest Posts

आँखै प्यारो छ

visitnepal

Visit Nepal Info and Guide