समाचार,
सकुशल भएको खबर आउने आस
Posted by Unknown
Published on Sunday, 16 February 2014
सकुशल भएको खबर आउने आस
-------------------------------
काठमाडौं : बिहान ११ बजे फोन गरेर ड्युटीमा गएकी छोरी मुना महर्जन विमानसँगै बेपत्ता भएको खबर आउँदा बुवा धर्मबहादुर महर्जनलाई अझै पत्यार लागेको छैन। उनी सोमबार बिहानसम्म छोरी सकुशल रहेको खबर आउने आसमा छन्।
विमान परिचारिका मुना महर्जनले फेबुकमा पोस्ट् गरेको तस्बिर

तीन छोरीमध्ये माइली मुना ६ वर्षअघि नेपाल वायुसेवा निगममा विमान परिचारिका छानिँदा आमा लीला महर्जनले पुरानै शिक्षण पेसा ठीक भएको सल्लाह पनि दिएकी थिइन्। 'आखिर यस्तो हुनुरहेछ', लीलाले कीर्तिपुर-१७ स्थित आफ्नै घरमा आइतबार राति अन्नपूर्णसँग भनिन्।
यही फागुन २८ गते बुवाआमालाई कतार भ्रमणमा लैजाने योजना बनाएकी २६ वर्षीया मुनाले सोमबार बिहान आफू माइती आउने जानकारी आइतबार बिहान उडानमा निस्कनुअघि गराउँदा आमाबुवा दुवैले यस्तो अवस्थाको कल्पना गर्ने कुरै भएन।
मुनाले निगममा जागिर खाँदै समाजशास्त्रमा एमए पनि पढिरहेकी थिइन्। तीनजना छोरीमात्र भए पनि उनीहरूका बुवाआमालाई छोरा नभएको आभास थिएन। 'मुना दिदी आँटिली छिन्', कान्छी बहिनी रसना महर्जनले भनिन्, 'उनी पक्कै सकुशल फर्किनेछिन्।' मुनाले विमान परिचारिका हुनुअघि मिस नेवा प्रतियोगितामा भाग लिएको हिजोजस्तै लाग्छ रसनालाई।
ललितपुर ग्वार्कोका राजेश महर्जनसँग एक वर्षअघि बिहे गरेकी मुनामाथि माइतीको अझै आडभरोसा थियो। उनी सधैं बुवाआमा र दिदीबहिनीको सम्पर्कमा रहिरहन्थिन्।
पाँच दिनअगाडि मलेसियाको सेरी प्यासिफिक होटेलमा बसेको जानकारी गराउँदै स्टाटस अपडेट गरेकी मुनाले 'म सकुशल बाँचें नि' भनेर फेरि फेसबुक वालमा पोस्ट गरिदिए हुन्थ्यो भन्ने कामना गर्ने साथीहरू पनि कम छैनन्।
पछिल्लोपटक उनले फेब्रुअरी १२ तारिखमा आफ्नो फेसबुक अपडेट गरेकी छन्। त्यसअघि ७ तारिखमा उनले 'मेरो गौरव मेरो नेपाल वायुसेवा निगम' (माई प्राइड माई एनएसी) भनेर फेसबुक वालमा परिचारिकाको तस्बिर पोस्ट गरेकी छन्।
परिवारका सदस्यमात्रै होइन बिहान उनी सकुशल रहेको खबर आउने आसमा साथीहरू पनि भगवान् पुकारिरहेका छन्।

0 comments
Readers Comments
i love like and koment