समाचार,
स्काइ र सिडिएमए फोनमा अनलिमिटेड कल सेवा.
Posted by Unknown
Published on Wednesday, 5 February 2014
.स्काइ र सिडिएमए फोनमा अनलिमिटेड कल सेवा.
.
नेपाल टेलिकमले आफ्नो १० औं बार्षिकोत्सवको अवसरमा आजैदेखि लागू हुनेगरी नेपालमै पहिलोपटक अनलिमिटेड फोन सुविधा ल्याएको छ ।
हरेक दिन राती १० बजेदेखि बिहान ६ बजेसम्म नेपाल टेलिकमको सिडिएमए तथा स्काई फोनबाट टेलिकमको जुनसुकै फोनमा फोन गर्दा मात्र २० रुपैयाँमा चाहेजति फोन गर्न सकिन्छ ।
मासिक २० रुपैयाँमा, कुनै एक नम्बरमा रातभरी कुराकानी गर्न सकिने नेपाल टेलिकम पोखरा शाखाका प्रमुख प्रकाश प्रधानले उज्यालोलाई जानकारी दिनुभयो । उपभोक्तालाई स्काई तथा सिडिएमए फोनमा आकर्षित गराउन यस्तो स्किम ल्याईएको उहाँको भनाई छ ।
बेलुकी १० बजेदेखि बिहान ६ बजेसम्म लगातार ८ घण्टासम्म कुराकानी गर्दा २० रुपैयाँ मात्रै तिरे पुग्छ । नेपाल टेलिकमले तत्कालका लागि यो सुविधा ३ महिनाका लागि मात्रै उपलब्ध गराउने जनाएको छ ।
टेलिकमको स्काई तथा सिडिएमए फोनबाट टेलिकमको ल्याण्डलाईन, स्काई तथा सिडिएमए र जिएसएम सबै प्रकारका फोनमा कल गर्दा यो सुविधा लागू हुने नेपाल टेलिकम पोखराका सेल्स प्रमुख राजेश रेग्मीले जानकारी दिनुभयो । यसका लागि सिडिएमए फोन तथा स्काई मोबाईलको म्यासेज बक्समा गएर “night” टाईप गरी १४५६ मा म्यासेज पठाएर सेवा सञ्चालन गर्न सकिन्छ ।

0 comments
Readers Comments
i love like and koment