समाचार,
मलेसियाका गैरकानुनी नेपालीलाई घर र्फकन समस्या
Posted by Unknown
Published on Friday, 14 February 2014
मलेसियाका गैरकानुनी नेपालीलाई घर र्फकन समस्या
क्वालालम्पुर, फाल्गुन २ - मलेसियाले पक्राउ
परेका विदेशी कामदारलाई स्वदेश पठाउन
सीमित संख्या तोकेपछि तत्काल
घरफिर्तीको आसमा बसेका नेपाली समस्यामा प
। उसले हरेक साता गैरकानुनी हैसियतका सय
नेपालीलाई मात्र घर र्फकन'आउटपास'दिने गरेको छ । यहाँस्थित नेपाली दूतावासका अनुसार ६
हजारभन्दा बढी नेपाली घर र्फकने पर्खाइमा छन्
। तर प्रक्रियाअनुसार उनीहरू सबैलाई घर
फर्काउन लामो समय लाग्ने देखिएको छ ।
'सबैलाई यही प्रक्रियाबाट फर्काउन २/३ वर्षै
लाग्ने देखियो,'राजदूत निरञ्जनमानसिंह बस्न्यातले भने,'त्यसैले उनीहरूलाई
कसरी छिटो पठाउन सकिन्छ भनेर
विकल्पबारे छलफल गरिरहेका छौं ।'
दूतावासका अनुसार सेप्टेम्बरयता करिब ८ हजार
नेपालीले घरफिर्ती यात्रा अनुमतिपत्र
लिएकोमा १ हजार ५ सय जति फर्किसकेका छन् । घरफिर्तीका लागि लामो समय
पर्खनुपर्दा कामदारहरू आर्थिक
समस्यामा समेत पर्न थालेका छन् ।
यसअघि नेपाली दूतावासले
मलेसियाली अध्यागमनको अनुमति एवं
सहकार्यमा हरेक साता ८० जना गैरकानुनी रूपमा बसेका नेपालीलाई घर
फर्काउँदै आएको थियो ।
दूतावासको पहलपछि अध्यागमनले उक्त
संख्या बढाएर सय जना पुर्याएको हो । अध्यागमनले मंगलबार र बिहीबार
गैरकानुनी हैसियतका नेपालीहरूलाई
घरफिर्तीको अनुमति दिने गरेको छ ।
नेपाली दूतावासबाट यात्रा अनुमतिपत्र लिएर
अध्यागमनमा ५ सय रिंगिट
जरिवाना तिरेपछि उनीहरूले'आउटपास'पाउने गरेका छन् । उनीहरूले हवाई टिकट आफैंले
किन्नुपर्छ । घरफिर्ती प्रक्रियाबाहेक केही कामदार
दलालमार्फत'सेटिङ'मा जाँदा विमानस्थलमै
पक्राउ पर्ने गरेका समेत छन् । केही कामदार
यात्रा अनुमति पत्रको म्याद सकिन
लाग्दा पनि घर पर्खने पालो आएको छैन ।
'यात्रा अनुमतिपत्रको म्याद ११ फेब्रुवरीमा सकिँदैछ । घर र्फकन
पालो पर्खनुपर्ने भनिएको छ,'
घरफिर्ती पर्खाइमा रहेका एक नेपाली भविन
खत्रीले सुनाए,'मजस्ता हजारौं छन् रे । तर
बिरामी छु, पालो कहिले हो कहिले ?
समस्यामा परियो ।'मलेसियाले १४ देशबाट कामदार लिँदै आएको छ
। उसले देशअनुसार
गैरकानुनी कामदारको संख्याका आधारमा उनीहरू
पालैपालो घर फर्काउँदै आएको
छ । यहाँको प्रमुख कामदार स्रोत मुलुक नेपाल
हो । पछिल्लो समय नेपालबाट आउनेको संख्या ह्वात्तै बढेको देखिन्छ ।
कानुनी रूपमा यहाँ करिब ५
लाखभन्दा बढी नेपाली छन् ।
गैरकानुनी हैसियतका नेपाली पनि दसौं हजार
हुन सक्ने सरोकारवालाको अनुमान छ । यसैबीच हालै २ सय ३९ नेपाली पक्राउ परेका छन्
। मलेसियाले दोस्रो पटक गत जनबरी २१
देखि धरपकड थालेको छ । यस
चरणमा अहिलेसम्म नेपालीसहित ३ हजार ५
सय ५० जना आप्रवासी पक्राउ परेका छन् ।
पक्राउपर्ने आप्रवासीमध्ये १ हजार ४ सय इन्डोनेसियाली, ५ सय ३७ बर्मेली, ४ सय ५१
जना बंगलादेशी, २ सय ६४ जना फिलिपिनो र
बाँकी अन्य मुलुकका छन् । सरकारले गत
साता'मिनी नेपाल'मानिने कोताराय
बजारमा छापा मार्दा एक जना नेपाली रेस्टुरेन्ट
व्यवसायी पक्राउ परेका छन् ।

0 comments
Readers Comments
i love like and koment