,

बिमान दुर्घटनाको खबर सेलाउन न पाउदै अर्को बिमान अपहरण

काठमाडौं, ५ फागुन : अपहरण भएको एउटा विमान सोमबार विहान स्विट्जरल्याण्डको जेनेभा विमानस्थलमा अवतरण गरिएको छ । विमान अपहरण गर्ने मध्ये एक जनालाई प्रहरीले पक्रेको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार अदिस अबाबाबाट रोमका लागि उडेको इथियोपियन एयरलाइन्सको इटी७०२ विमान अपहरण भएको थियो । तर अपहरित विमानमा इन्धन कम भएपछि स्विट्जरल्यान्डको जेनेभामा अवतरण गरिएको हो । बीबीसीले जेनेभामा विमान अवतरण भएको र सबै २०० यात्रुहरु सकुशल रहेको जनाएको छ ।
अदिस अबाबाबाट उडेको विमान तोकिएको समयमा रोममा अवतरण भएको थिएन । समयावधिमा अवतरण नहुँदा विमानले अलर्ट कल गरेको थियो । जुन अलर्ट विमान अपहरणमा पर्दा गरिने संकेत हो ।
जेनेभा विमानस्थलका प्रवक्ता बरट्रान्ड स्ट्यम्फ्लीले सोमबार विहान विमान अवतरण भएको बताए । अवतरण अघि स्विट्रजरल्याण्डको शहरको आकाशमा धेरैबेर सो विमानले चक्कर लगाएको थियो ।
एजेन्सीको सहयोगमा

0 comments

Readers Comments

i love like and koment

Latest Posts

आँखै प्यारो छ

visitnepal

Visit Nepal Info and Guide