कतारमा नेपाली बुद्धिजीवीको निधन


Shikhar Baidya
कतार, फाल्गुन २९ - कतारको नेपाली समुदायलाई डेढ दशकदेखि सूचना, सञ्चार, साहित्य र सामाजिक क्षेत्रमा सहयोग गर्दै आएका शिखर वैद्यको आइतबार त्यहाँको हमाद अस्पतालमा निधन भएको छ । ५१ वर्षीय वैद्य फोक्सोको क्यान्सरबाट पीडित थिए । बालाजु, वनस्थली घर भएका उनको शव बुधबार नेपाल ल्याएर आर्यघाटमा अन्त्येष्टि गरियो ।
वैद्य सन् १९९८ देखि कतारको पुरानो ट्राभल कम्पनी 'दर्विस' मा वरिष्ठ तथ्यांक विश्लेषकका रूपमा काम गर्दैआएका थिए । उनले त्यहाँबाट हाते पत्रिका र 'न्युज पोर्टल' समेत चलाएका थिए । उनले कतारस्थित नेपाली समुदायको रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन आफ्नो तर्फबाट सक्दो योगदान पुर्‍याउने गरेका थिए । वैद्यको परिवारमा आमा, श्रीमती र दुई छोरा छन् ।

0 comments

Readers Comments

i love like and koment

Latest Posts

आँखै प्यारो छ

visitnepal

Visit Nepal Info and Guide