रोचक जानकारी,
ट्रकले किच्दाकिच्दै जन्मिएको बच्चा सुरक्षित, आमाबाबु परमधाम
Posted by Unknown
Published on Wednesday, 26 March 2014
यो तस्वीर ती चमत्कारिक बच्चाको हो, जसको गर्भवती आमालाई भयानक सडक दुर्घटनामा ट्रकले चिकेको थियो । त्यस समय आमाको गर्भबाट निस्किएको यो बच्चा केही मिटर पर पुगेर बजारियो । तर, सुरक्षित रह्यो ।
घटना चीनको फुजियान प्रान्तको जियामैन शहरमा भएको हो । ४२ वर्षका माओ गर्भवती पत्नी वाङ झाउलाई सुत्केरी गराउन मोटरसाइकलमा अस्पताल लैजाँदै थिए । पत्नीलाई व्यथाले चापेपछि माओले एम्बुलेन्स कुर्नुभन्दा मोटरसाइकलमै कुदाएर अस्पताल पु¥याउन सही ठाने ।
तर, बाटोमा एक ट्रकले उनको मोटरसाइकललाई ठक्कर दियो र वाङ झाउलाई ट्रकले किच्यो । घटनाका क्रममा उनको पेटबाट उछिट्टएको बच्चा झण्डै तीन मिटरपरसम्म पुग्यो । तर, बच्चालाई निधारमा समान्य चोट लाग्नु बाहेक केही भएन । बच्चाको तौल ९.२ पाउण्ड छ ।
दुर्घटनामा बाबुआमा गुमाएका बच्चाको नाम जियाओ झाओ राखिएको छ । प्रत्यक्षदर्शीहरुले बताए अनुसार ट्रकले कुल्चिएकै बेला वाङ झाउले बच्चालाई जन्म दिएकी थिइन्


0 comments
Readers Comments
i love like and koment