khabar,
संगीतकर्मी सभासद् सम्मानित
Posted by Unknown
Published on Wednesday, 12 March 2014
गीत–संगीत क्षेत्रमा योगदान पुर्याएका चार सभासद् सम्मानित भएका छन् ।
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले सभासदलाई सम्मानित गरेको हो । प्रतिष्ठानले आफ्नो १२ औं वार्षिकोत्सवको अवसरमा संगीतकर्मी सभासदलाई सम्मानित गरेको हो ।
प्रतिष्ठानले राजधानीमा २८ फागुनमा कार्यक्रम गरेर सभासद जेबी टुहुरे, सिन्धु जलेसा, मधु गुरुङ्ग र तप्पबहादुर बिष्टलाई सम्मान गर्यो । प्रतिष्ठानले लोक संस्कृति संरक्षणका लागि पहल गर्न सभासदहरुसँग आग्रह गरेको छ ।
कार्यक्रममा नाम चलेका कलाकारले लोक तथा दोहोरी गीत, मौलिक नृत्य लगायत प्रस्तुत गरेका थिए । संस्कृतिविद् सत्यमोहन जोशीले मुलुक लोक गीत तथा संस्कृतिमा धनी भएर पनि सरोकारवाला निकायले कम चासो दिएकोमा चिन्ता व्यक्त गरे ।
नेपालको संस्कृतिको विविधता देखेर विदेशीहरु समे


0 comments
Readers Comments
i love like and koment