,

पत्रकार महासंघ दाङ शाखाको नयाँ नेतृत्व चयन, अध्यक्षमा गौतम

फागुन-३०, दाङ । नेपाल पत्रकार महासंघ दाङको अध्यक्षमा सुदीप गौतम निर्वाचित हुनुभएको छ । प्रेस युनियनको प्यानलबाट चुनावी प्रतिष्पर्धामा रहनुभएका गौतमले ७२ मत ल्याएर निर्वाचित हुनुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी प्रेस चौतारीका सविन प्रियासनले ७१ मत ल्याउनुभयो ।

यस्तै संयुक्त प्यानलका प्रत्यासी उदय जिएमले ६२ मत प्राप्त गर्नुभयो । यस्तै उपाध्यक्षमा ८२ मतका साथ प्रगतिशील प्यानलकी लक्ष्मी आचार्य चयन हुनुभएको छ । उहाँकी निकटतम प्रतिद्वन्द्वी प्रेस युनियनकी लीला शाह योगीले ६६ मत ल्याउनुभयो । उपाध्यक्षका अर्का प्रत्यासी प्रेस चौतारीका बसन्त विवश आचार्यले ५८ मत प्राप्त गर्नुभयो । यसैगरी सचिवमा प्रेस युनियनका गजेन्द्र बोहरा निर्वाचित हुनुभएको छ । उहाँ ७६ मत ल्याएर बिजयी हुनुभएको हो भने उहाँका निकटतम प्रतिद्वन्द्वी प्रेस चौतारीका संगीत बस्यालले ७५ मत प्राप्त गर्नुभयो । सचिवका अर्का प्रत्यासी प्रगतिशील प्यानलका भुपेन्द्र प्रकाश वलीले ५५ मत ल्याउनुभयो । सहसचिवमा प्रगतिशील प्यानलका डिल्ली मल्ल ७६ मतका साथ निर्वाचित हुनुभयो भने उहाँका प्रतिद्वन्द्वीहरु प्रेस युनियनका लक्ष्मीमान चौधरीले ६४ र प्रेस चौतारीका दशरथ घिमिरेले ३९ मत ल्याउनुभयो ।
कोषाध्यक्ष पदमा प्रेस युनियनका रोशनमान श्रेष्ठ ८० मत ल्याएर चयन हुनुभएको छ भने उहाँका प्रतिद्वन्द्वी गणेश वलीले ७३ र प्रेस चौतारीका विमल योगीले ७० मत प्राप्त गर्नुभयो । यस्तै ८ जना खुल्ला सदस्यका लागि भएको प्रतिष्पर्धामा सर्बाधिक १ सय १ मतका साथ रेडियो मध्यपश्चिमका समाचार सम्पादक निमुसंगम घर्ती, ९१ मतका साथ मध्यपश्चिमकर्मी प्रशान्त वली, बालाराम खड्का, गोपाल शर्मा भट्टराई, रिता लामा, विमल गौतम, गोकर्ण पौडेल र आर के शितल बिजयी हुनुभएको छ । दलित सदस्यमा १ सय ८ मत प्राप्त गरी जनक नेपाली बिजयी हुनभएको छ भने मधेशी सदस्यमा राधेश्याम गुप्ता १ सय ५ मतका साथ चयन हुनुभएको छ ।

यस्तै महिला सदस्यमा ७३ मतका साथ सुनिता चौधरी चयन हुनभयो भने जनजाति सदस्यमा ८० मतका साथ सन्तोष दहित चयन हुनुभयो । निर्वाचनबाट केन्द्रीय पार्षद पनि चयन गरिएको छ । केन्द्रीय पार्षदमा दुर्गालाल केसी सबैभन्दा बढि ११८ मत ल्याएर निर्वाचित हुनुभएको छ भने विपुल पोखरेलले ११५ मत ल्याउनुभएको छ । यस्तै चुनिएका अन्य पार्र्षहरुमा रामप्रसाद पौडेल, हेमराज शर्मा, शरद रेग्मी, जेएन सागर, इन्द्र विवश डिसी, टीकाराम उदासी, नरेन्द्र केसी, सुदर्शन रिजाल, बसुन्धरा गौतम, केबी मसाल, नारायणी रजौरे, टीका बस्नेत, देवीराम कुसारी रहनुभएको छ ।

यस्तै सन्तोष सुवेदी, पाण्डव शर्मा, शरद अधिकारी, सुरेश सुमन डाँगी, विवेक खड्का, अजयदीप शर्मा, देविका जीएम, गोविन्द खड्का, महेश रिजाल, सुशीला आचार्य, भुवन देवकोटा, नारायण विवश शर्मा, वंशी कुमार शर्मा, निमबहादुर थापा, हिरामणि दुखी, छविलाल कोपिला, शारदा शर्मा केन्द्रिय पार्षद हुनुभएको छ । जम्मा २ सय ३५ पत्रकार मतदाता रहेकोमा २ सय ७ जनाले मतदान गरेका थिए । नेपाल प्रेस युनियन, प्रेस चौतारी र क्रान्तिकारी पत्रकार संघ, क्रान्तिकारी पत्रकार महासंघ, प्रगतिशील पत्रकार संघ र स्वतन्त्र पत्रकारहरु रहेको प्रगतिशील गरी ३ प्यानल चुनावी प्रतिष्पर्धामा रहेका थिए ।।


Read more: http://www.sajhasabal.com/news/731919129388#.UyKRy_mSxqU#ixzz2vua0Quwr

0 comments

Readers Comments

i love like and koment

Latest Posts

आँखै प्यारो छ

visitnepal

Visit Nepal Info and Guide