khabar,
राजनीति को आडमा बलात्कार को घटना मिलाउने आधा दर्जन पक्राऊ
Posted by Unknown
Published on Friday, 28 March 2014
राजेन्द्र राई
खोटाङ चैत १३ गते । राजनीतिक आडमा बसेर रकम लेनदेन गरी मिलापत्र गरिएको बलात्कारको घटनाका बारेमा चौतर्फी बिरोध र अधिकारकर्मीहरुको स्थलगत अध्ययनपछि पीडकसहित आधा दर्जन स्थानीय पक्राउ परेका छन् । पीडक सन्देश राई, उनका बुबा नरेश राई, जमानत बस्ने खगेन्द्र राई र पीडित महिलाकी बुहारी चन्द्रकला परियार, छिमेकी मनिशा परियार र नरेशका भाई सनतकुमार राई बुधबार पक्राउ परेका हुन् ।
खोटाङ चैत १३ गते । राजनीतिक आडमा बसेर रकम लेनदेन गरी मिलापत्र गरिएको बलात्कारको घटनाका बारेमा चौतर्फी बिरोध र अधिकारकर्मीहरुको स्थलगत अध्ययनपछि पीडकसहित आधा दर्जन स्थानीय पक्राउ परेका छन् । पीडक सन्देश राई, उनका बुबा नरेश राई, जमानत बस्ने खगेन्द्र राई र पीडित महिलाकी बुहारी चन्द्रकला परियार, छिमेकी मनिशा परियार र नरेशका भाई सनतकुमार राई बुधबार पक्राउ परेका हुन् ।
फागुन–२५ गते राती महिलाकै घर पुगेर बलत्कार गरेको आरोपमा २९ गते पक्राउ परेका सप्तेश्वर–८ का १७ वर्षीय सन्देश राईलाई एमाले समर्थक नेताहरुको आडमा बसेर मिलापत्र गराइएसँगै मेरोजिल्ला डट कम मा समाचार प्रकाशन तथा प्रशारण भएपछि उनीहरुलाई पुनः पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक गोबिन्दकुमार साहले मेरोजिल्ला डट कम लाई बताए ।
उनले मेरोजिल्ला डट कम लाई भने,–‘उजुरी परेसँगै आरोपितलाई पक्राउ गरेर आठ÷आठ दिनसम्म हिरासतमा राखियो, कसैबाट किटानी जाहेरी नआएपछि छाडेका थियौं, चौतर्फी बिरोध भएपछि पुनः मातहतका प्रहरी खटाएर पक्राउ गरेका छौं ।’ साहले थपे,–‘पक्राउ परेसँगै घटनाका बारेमा यथार्थ बुझेर कारबाहीको प्रक्रिया अगाडि बढाइने छ ।’
उक्त घटनाको बारेमा बिरोध भएपछि मानवअधिकारवादी संघसंस्थाको टोलीले स्थलगत अध्ययन समेत गरेको छ । स्थानीय ४० वर्षीया दलित महिलालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले दिएको उजुरीको आधारमा राईलाई पक्राउ गरिएपनि राजनीतिक दबाबमा अनुसन्धानै नगरी प्रहरीले छाडेपछि राष्ट्रिय मानवअधिकार आयोग उपक्षेत्रीय कार्यालय खोटाङ, अनौपचारिक क्षेत्र सेवा केन्द्र ईन्सेक खोटाङका प्रतिनिधि र महिला मानव अधिकार रक्षक सञ्जालले स्थलगत अध्ययन गरेको हो ।
आरोपित राईलाई प्रहरीले पक्राउ गरेर हप्तादिनसम्म हिरासतमा राखेपनि अनुसन्धानै नगरी छाडिदिएपछि पीडितलाई न्याय दिलाउन आफूहरुले थप अनुसन्धानका लागि स्थलगत अध्ययन गरिएको उपक्षेत्रीय कार्यालय खोटाङका निमित्त प्रमुख लोकनाथ घिमिरेले जानकारी दिए । उनले भने,–‘पीडितलाई न्याय दिलाउनु त परै जाओस्, दलका उच्च तहका नेताहरुकै सहभागीतामा पीडितलाई झनै पीडा दिएर पीडकलाई उन्मुक्ति दिलाइएपछि सत्यतथ्य छानबिन गरेर कारबाहीको सिफारिसका लागि हामीले पहल थालेका हौं ।’
पीडित महिलालाई २० दिनभित्रमा एक लाख रुपैयाँ दिने र जग्गासमेत पास गरिदिने शर्तमा नेकपा एमालेका जिल्ला सचिवालय सदस्य कुमार आचार्य, सप्तेश्वर गाविस निवासी एमालेका कार्यकर्ता माइतीराज राई, पीडितका बुबा नरेश राईलगायत स्थानीय नेता कार्यकर्ताहरुको संलग्नतामा मिलापत्र गराएर गत बिहीबार आरोपितलाई छाडिएको थियो । मिलापत्रमा सहभागी आचार्यले भने, आफू सहभागी नभएको प्रतिक्रिया दिदै आएका छन् ।
यसअघि बलात्कारजस्तो जघन्य अपराधलाई राजनीतिक दबाबमा मिलापत्र गरिएपछि राष्ट्रिय मानव अधिकार आयोगले जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक गोबिन्दकुमार साहलाई पुनः आरोपित व्यक्तिलाई पक्राउगरी कारबाहीको प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको थियो । प्रहरी नायव उपरीक्षक साहलाई आयोगको कार्यालयमा बोलाएर तत्काल पीडकलाई पक्राउगरी कानूनी कारबाहीको प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको घिमिरेले मेरोजिल्ला डट कम लाई बताएका छन् ।


0 comments
Readers Comments
i love like and koment