khabar,
विमान दुर्घटना भएको छैन� मलेसियाली प्रधानमन्त्री
Posted by Unknown
Published on Thursday, 13 March 2014
क्वालालम्पुर। मलेसियाली प्रधानमन्त्रीले हराएको मलेसियाली विमान दुर्घटना नभएको जनाउनुभएको छ। उहाँले विमान दुर्घटना भएको भनी दिइएका समाचारको पनि खण्डन गर्नुभएको छ। प्रधानमन्त्री नजिव राजाकले शनिबार अपरान्ह भन्नुभयो– विमान दुर्घटना भएको छैन, यी समाचारहरु दिने बेला भएको छैन।
मलेसियाली विमान शनिबार एकाबिहानै देखि हराएको छ । मलेसियाबाट बेइजिङका लागि उडेको सो विमान हराएको हो । उक्त विमानमा २३९ जना यात्रु रहेका छन् । ती मध्ये १५० जना चिनिया नागरिक रहेका बताइएको छ । ७७७–२०० नम्बरको सो विमानका बारेमा अझैसम्म पनि केही पत्ता लागेको छैन ।
हाम्रो आकासमा हराएको हो– भियतनाम
उक्त विमान आफ्नो आकासमा हराएको जानकारी भियतनाम सरकारले दिएको छ । सो सरकारले भनेको छ– विमान हाम्रै आकासमा आएपछि हराएको हो ।
तर यसको बारेमा भने केही खलेको छैन । विमान हराएको स्थानका बारेमा भने अझै पत्ता लागेको छैन ।
विश्वका विभिन्न देशका उद्वारकर्मीहरु यतिबेला भियतनाममा जम्मा भएका छन् । उनीहरुले सम्भावित स्थानको खोजी गरिरहेका छन् ।
मलेसिया एयरलाइन्सको २३९ यात्रुसहित जेट विमानको सम्पर्क ‘ट्राफिक कन्ट्रोलर्स’सँग भियतनामको हवाईक्षेत्र नजिकै टुटेपछि हनोइले खोज प्रयास कायम राखेको छ ।
शनिबार अपरान्हसम्म विमान नभेटिएपछि उक्त विमानमा रहेका यात्रुका आफन्तहरुले पनि चिन्तापूर्ण रुपमा उक्त विमानमा रहेका यात्रुको अवस्थाप्रति गम्भीर हुन सबैलाई आग्रह गरिरहेका छन् ।
क्षेत्रीय अधिकारीहरूले उडान एमएच ३७० लाई सम्पर्क टुटेको १४ घण्टापछि पनि पत्ता लगाउन सकेका छैनन् । उक्त विमान क्वालालम्पुरबाट बेइजिङतर्फ रात्रिको उडानमा प्रस्थान गरेको थियो ।
विमानसेवाले विमानबाट कुनै पनि समस्याका सङ्केत प्राप्त नभएको जानकारी दिएको छ । तर हनोइमा रहँदा भने सम्पर्क भएको भियतनामका अधिकारीहरुले जनाएका छन् ।
उक्त विमानको ‘ट्राफिक कन्ट्रोलर्स’सँगको सम्पर्क कामाउ प्रान्त नजिकै टुटेको थियो । यसपछि उक्त सम्पर्क हो ची मिन्ह नगरको एयर ट्राफिक कन्ट्रोसँग स्थापना हुने अवस्थामा पुगेको थियो ।
भियतनाम सरकारको आधिकारिक वेबसाइटमा दिइएका यी सबै जानकारीको पनि अहिलेसम्म पुष्टि हुन सकिरहेको छैन । विमान हराएको स्थानको बारेमा खुलेको छैन ।
हो ची मिन्ह एयर ट्राफिक कन्ट्रोलसँग उक्त विमानको सम्पर्क हुन नसकेको बताइएको छ । का माउ प्रान्त भियतनामको सुदूरदक्षिणी भागमा अवस्थित छ ।
चौध घन्टासम्म पनि सम्पर्कमा आएन
विमानको सम्पर्क स्थानीय समय अनुसार रातीको २ः४० बजेट टुटेको थियो । यसको दुई घण्टा पहिले उक्त विमान क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रस्थान गरेको यस विमान सेवाका प्रमुख कार्यकारी अधिकारी जौहारी याह्याले बताउनुभयो ।
त्यसयता विमानको खोजी कार्य जारी छ तरपनि भेटिएको छैन । उक्त विमानमा १५३ जना चिनियाँ, ३८ मलेसियाली तथा १२ इन्डोनेसियाली नागरिक रहेको बताइएको छ ।
साथै विमानमा सात अस्ट्रेलियाली, तीन फ्रान्सेली, एक शिशुका साथमा चार अमेरिकी तथा अन्य मुलुकका समेत नागरिक रहेको बताइएको छ । एएफपी



0 comments
Readers Comments
i love like and koment