रोचक जानकारी,
७५ जिल्लामै वाईफाई
Posted by Unknown
Published on Thursday, 13 March 2014
नेपाल टेलिकमले ७५ जिल्लामै वाईफाई इन्टरनेट सेवा बिस्तारको काम तीब्र रुपमा अघि बढाइरहेको छ ।
टेलिकमले एक वर्षभित्र ७५ जिल्लामा वाईफाई इन्टरनेट सेवा बिस्तार गरिसक्ने जनाएको छ । राष्ट्रिय उपभोक्ता मञ्चले राजधानीमा २९ फागुनमा गरेको कार्यक्रममा टेलिकमका प्रबन्ध निर्देशक अनुपरञ्जन भट्टराईले इन्टरनेट सेवा बिस्तारका लागि तीब्र रुपमा काम भइरहेको बताए ।
उनले भने, “अब एक वर्षभित्र सबै जिल्लाका उपभोक्ताले वाईफाई इन्टरनेट सेवा उपभोग गर्न पाउने छन् ।” उनले देशका प्रमुख शहरहरुमा निशुल्क वाईफाई इन्टरनेट सेवा बिस्तारका लागि पनि काम भइरहेको जानकारी दिए ।
“हामीले शहरका महत्वपूर्ण ठाउँहरुमा निशुल्क वाईफाई इन्टरनेट सेवा पुर्याउने तयारी पनि गरिरहेका छौं,” उनले भने । उनका अनुसार अब लामो दूरीका दिवा तथा रात्री बस लगायत यातायातका अरु साधनमा पनि वाईफाई सेवा जडान गर्न सकिने व्यवस्था हुँदैछ ।
टेलिकमले देशका विभिन्न ठाउँमा ग्राहक सम्पर्क केन्द्र स्थापना गर्ने पनि तयारी गरिरहेको छ । टेलिकमको गुणस्तर लगायत सेवासम्बन्धी गुनासो संबोधनका लागि केन्द्र स्थापना गर्न लागिएको भट्टराईले जानकारी दिए ।
कार्यक्रममा उनले टेलिकमको सेवा सुधारका लागि पहल भइरहेको दावी गरे । उनले टेलिकमको सेवा सन्तोषजनक हुन नसकेको भने स्वीकारे ।
कार्यक्रममा अधिकारकर्मीले उपभोक्तालाई प्रदान गरिने टेलिफोन सेवाको गुणस्तरीयता कायम राख्न माग गरे ।


0 comments
Readers Comments
i love like and koment