,

बेहुला बेहुलीको गरगहना चोर्ने पक्राउ

९ चैत्र, चितवन - बेहुला बेहुलीको गरगहना चोरेर फरार हुने अपराधीलाई आज चितवन प्रहरीले पत्रकार सम्मेलन गरेर अर्वाजनिक गरेको छ । पक्राउ पर्नेमा भरतपुर नगरपालीका वडा नम्बर १० का २८ वर्षीय दिपक चन्द्र थापा, २२ वर्षीय जनक श्रेष्ठ, भरतपुर नगरपालिका वडा नम्बर ३ का २८ वर्षीय रुपक गिरि, चण्डी भञ्ज्याङ गाविस वडा नम्बर ८ का २० वर्षीय संगम गुरुङ, शक्तिखोर गाविस वडा नम्बर ५ का २३ वर्षीय तारा भनिने वीरमानसिह प्रजा र गोर्खा भुम्लीचोक गाविस वडा नम्बर २ का २४ वर्षीय गोरे चेपाङ रहेका छन । उनीहरुलाई गत शुक्रबार भरतपुरका विभिन्न स्थानबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यही फागुन २८ गते राती पौने १० बजे पृथ्वीराजमार्ग स्थित दारेचोक गाविस ९ फिल्सिङमा भरतपुर ८ गौरीगञ्जबाट दुलही लिएर काठमाडौ तर्फ जादै गरेका बेहुला सुर्य बिक र बेहुली आसीकी बिकको गहना लगायतका सामान लुटिएको थियो । पक्राउ परेका अभियुक्तहरुको साथबाट प्रहरीले सुनको सिक्रि एक थान, औठी एक थान, चुरा एक थान, मोबाइल सेट दुई थान र क्यामराका साथै कटुवा पेस्तोल एक थान र दुइ राउण्ड गोली समेत बरामद गरेको छ । यस्तै ग ४ प ६७६० र ना १९ प ६२८९ नम्बरको मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ

0 comments

Readers Comments

i love like and koment

Latest Posts

आँखै प्यारो छ

visitnepal

Visit Nepal Info and Guide