,

आपराधिक घटनामा संलग्न आठ पक्राउ

चितवन प्रहरीले विभिन्न आपराधिक घटनामा संलग्न ८ जनालाई पक्राउ गरेको छ ।

चितवन प्रहरीले ६ जना लुटपाट, एक जना मानव वेचविखन र एक जना लागुऔषधको कारोवारमा संलग्न रहेको अभियोगमा ८ जनालाई पक्राउ गरी ९ चैतमा सार्वजनिक गरेको छ ।
प्रहरीले मुग्लिन–काठमाडौं सडकखण्डको फिस्लिङमा २८ फागुन साँझ बिहेको गाडी लुट्ने चितवन भरतपुर– १० का २८ बर्षीय दिपकचन्द्र थापा, २२ वर्षीय जनक श्रेष्ठ, भरतपुर–३ का २१ बर्षीय रुपन गिरी, चण्डीभञ्याङका २० बर्षिय संगम गुरुङ, शक्तिखोर–५ का २३ बर्षिय विरमान सिंह प्रजा र गोर्खा भुम्लिचोकका २४ बर्षीय गोरे चेपाङलाई पक्राउ गरेको हो ।
संगम, बिरमान र गोरे ५–चैतमा चितवनको केरावारीमा भएको भारतीय गाडी लुटपाटको घटनामा समेत संलग्न रहेको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ । उनीहरुबाट कटुवा पेस्तोल १ थान, २ राउण्ड गोली, २ वटा मोटरसाईकल, २ वटा मोबाईल सेट, सुनको सिक्री र सुनको चुरा बरामद गरिएको चितवनका प्रहरी प्रमुख प्रधुम्न कार्कीले जानकारी दिए ।
७ चैतमा पक्राउ परेका उनीहरुलाई डाँका मुद्दामा अनुसन्धान गरि कारवाही प्रकृया अगाडि बढाईने प्रहरीले जनाएको छ ।
त्यस्तै लागुऔषध कारोबारको आरोपमा भरतपुर– ८ का ३० बर्षीय राजु विक पक्राउ परेका छन् । बिकको साथबाट डाईजेपाम ९ एम्पुल, ब्रुफिनर्फिन ९ एम्पुल, फेनारगन ९ एम्पुल र ७० हजार नगद बरामद गरिएको प्रहरीले जनाएको छ ।
मानव वेचविखनको आरोपमा नुवाकोटको राउतवेशी १ घर भएका २६ बर्षिय मनपर्ने तामाङलाई पनि प्रहरीले पक्राउ गरेको छ । नवलपरासी र दाङ घर भएका दुई महिलालाई २५ माघमा भारतको दिल्लीमा बिक्री गरेको आरोपमा पक्राउ गरिएका तामाङको साथबाट प्रहरी २९ हजार ५०० नगद वरामद गरेको छ ।
पक्राउ गरिएका सबैलाई अनुुन्धान प्रक्रिया पूरा गरि कार्बाही प्रक्रिया अघि बढाईने प्रहरी प्रमुख कार्कीले बताएका छन् ।
सविता श्रेष्ठ, चितवन

0 comments

Readers Comments

i love like and koment

Latest Posts

आँखै प्यारो छ

visitnepal

Visit Nepal Info and Guide