रोचक जानकारी,
एलाक डीपी समन्वय समिति वैठक सम्पन्न
Posted by Unknown
Published on Tuesday, 18 March 2014
गुल्मी, चैत ४ । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालमा आवद्ध सुशासन अभियान गुल्मी मार्फत सञ्चालित एलाक डीपी कार्यक्रम अन्तर्गत गठित जिल्ला समन्वय समितिको पहिलो वैठक आज सम्पन्न भएको छ । सुशासन अभियान गुल्मीको कार्यालयमा समन्वय समितिका अध्यक्ष श्यामकुमार पाण्डेको अध्यक्षतामा वसेको वैठकले एलाक डीपी कार्यक्रमलाई कसरी प्रभावकारी रुपमा अगाडि वढाउन सकिन्छ भन्ने विषयमा छलफल गरेको छ ।
वैठकमा एलाक डीपी कार्यक्रम अन्तर्गत हालसम्म सम्पन्न कार्यक्रमहरुको समिक्षा तथा आगामी कार्ययोजना, गुनासो संकलन र व्यवस्थापन लगायतका विषयमा व्यापक छलफल गरी एलाक डीपी कार्यक्रम अन्तर्गत हालै सम्पन्न वेसलाईन सर्वेक्षण नतिजाको विश्लेषण समेत गरिएको छ ।
वैठकमा समन्वय समितिका सदस्य सहायक प्रमुख जिल्ला अधिकारी विष्णुवहादुर घर्तिले एलाक डीपी कार्यक्रम गुल्मी जिल्लामा सञ्चालन हुनु गर्वको कुरा भएको वताउँदै यस कार्यक्रमले जिल्लामा सुशासन कायम गरी सरकारी सेवालाई सुधार गर्न मद्धत पु¥याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले आफ्नो कार्यालयवाट प्राप्त सेवालाई थप गुणस्तरीय र छिटोछरितो बनाउन आफुहरु प्रतिवद्ध रहेको वताउनुभयो ।
यसैगरी समन्वय समितिका सदस्य जिल्ला विकास समिति गुल्मीका कार्यक्रम अधिकृत शंकरप्रसाद गौतमले एलाक डीपी कार्यक्रमले सेवाग्राहीका समस्याहरुलाई सुक्ष्म रुपमा अध्ययन गर्दै समाधानका लागी सवैसँग समन्वय गरी अघि वढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले कतिपय सेवाग्राहीले सरकारी कार्यालयको सेवाप्रवाहमा देखिने त्रुटिहरु नियतवस गरिएका हुन् वा प्रकृयागत हुन छुट्याएर मात्रै गुनासो गर्नुपर्ने वताउनुभयो ।
यस्तै समन्वय समितिका सदस्य गुल्मी उद्योग वाणिज्य संघका महासचिव कृष्णप्रसाद पोख्रेलले तोकिएको मुल्यसूचीभन्दा वढि मूल्यमा कुनै व्यापारीले समान विक्री गरे किटानीसहित उद्योग वाणिज्य संघको कार्यालयमा जानकारी गराएमा आफुहरुले आवश्यक कारवाहीका लागि पहल गर्ने वताउनुभयो ।
वैठकमा सुशासन अभियान गुल्मीका अध्यक्ष समेत रहनुभएका समन्वय समितिका अध्यक्ष श्यामकुमार पाण्डेले एलाक डीपी कार्यक्रमले सरकारी सेवालाई सुधार गर्नको लागी सवैसँग समन्वय गरी अगाडि वढ्ने वताउनुभयो ।
समन्वय समितिकी सदस्य सचिव एलाक डीपी कार्यक्रमकी अधिकृत हीरा कुँवरले संस्थाले हालसम्म सम्पन्न गरेका काम तथा आगमी कार्ययोजना लगायतका विषयमा जानकारी गराउनुभएको थियो । फोटो क्याप्सनः एलाक डीपी समन्वय समिति वैठक सहभागि समितिका सदस्यहरु । तस्विरः विष्णु पौडेल ।


0 comments
Readers Comments
i love like and koment