,

अफगानिस्तानमा आत्मघाती बिस्फोट हुँदा १५ जनाको मृत्यु

काठमाडौं, चैत्र ४ । अफगानिस्तानमा आत्मघाती बिस्फोट हुँदा १५ जनाको मृत्यु भएको छ । उत्तरी अफगानिस्तानको मायमानाको ब्यस्त सहरमा गराइएको बिष्फोटमा २७ जना घाइते भएका छन् ।

डेटोनेटरसहित तीन पांग्रे मोटरसाइकलमा सवार एक व्यक्तिले किनमेल गरिरहेका सर्वसाधारणकाबीच बिस्फोट गराएको बताइएको छ । मारिनेहरुमा अधिकांश महिला र केटाकेटी रहेका छन् ।

/>बिस्फोटका कारण पार्किङमा राखिएका सवारी साधनमा समेत क्षति पुगेको छ । बिष्फोटको जिम्मा कसैले लिएको छैन ।

अफगानिस्तानमा आगामी ५ अप्रीलमा हुने राष्ट्रपतीय निर्वाचनको तयारी अगाडि बढिरहेको बेला हिंसात्मक गतिविधि तीव्र भएको छ । (एजेन्सी) 

0 comments

Readers Comments

i love like and koment

Latest Posts

आँखै प्यारो छ

visitnepal

Visit Nepal Info and Guide