समाचार,
दक्षिण कोरियामा हालै भएको पानी जहाज दुर्घटनामा सयौं व्यक्तिको मृत्यु भएपछि प्रधानमन्त्री चङ हङ वनद्धारा पदबाट राजीनामा
Posted by Unknown
Published on Sunday, 27 April 2014
वैशाख १४ । दक्षिण कोरियामा हालै भएको पानी जहाज दुर्घटनामा सयौं व्यक्तिको मृत्यु भएपछि प्रधानमन्त्री चङ हङ वनले पदबाट राजीनामा दिएका छन् । जहाज दुर्घटना पछी आलोचना खेप्दै आएका चङले नैतिकताका आधारमा राजीनामा दिएका बताएका छन् ।
दुर्घटनास्थल पुगेका उनलाई आक्रोशित परिवारजनले ढुंगासमेत हानेका थिए ।
४ सय ७६ यात्रु लिएर गएको जहाज डुब्दा अहिलेसम्म दुई सय जनाको शव निकालिएको छ । अरु एक सय जना वेपत्ता छन् । मृत्यु हुनेमा स्कुले विद्यार्थी र शिक्षक शिक्षिका छन् ।
दक्षिण कोरियाको इन्छनबाट दक्षिणी जेजु टापुतर्फ जाँदै गरेको पानी जहाज डुंगा दुर्घटना भएको थियो । यसअघि पक्राउ परेका क्याप्टेनले जहाज खाली गर्न आदेश दिन ढिलाई गरेको स्वीकार्दै यात्रु डुबेर बग्ने डरले आदेश दिन ढिलो गरेको बताएका थिए ।
मृतकका परिवारजनले भने जहाज खाली गर्न आदेश नदिएकोमा क्याप्टेनलाई कडा कारबाही गर्न माग गरेका छन् |


0 comments
Readers Comments
i love like and koment