khabar,
प्रहरीले ‘गुण्डा’ समातेपछि गृहमन्त्रीलाई ब्रिफिङ गर्नुपर्छ
Posted by Unknown
Published on Monday, 7 April 2014
वामदेवको प्रतिवद्धता 'चेन अफ कमाण्ड'
-विश्वमणि सुवेदी (गृहमन्त्रीका प्रेस संयोजक)
बजारमा अहिले उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले प्रहरी वरिष्ठ उपरीक्षक रमेश खरेललाई लक्षित गर्दै दिनुभएको भनी प्रचारित सार्वजनिक अभिव्यक्ति चर्चाको उत्कर्षमा छ । उपप्रधानमन्त्रीले एउटा मामुली सहसचिवस्तरको कर्मचारीप्रति दिनुभएको अभिव्यक्तिलाई चाकडी खोजेको वा अतिशयोक्तिपूर्ण भनेर टीकाटीप्पणी जारी छन् ।
‘गुण्डा’ नाममा एउटा कोही मान्छे समातिन्छ, ऊ गुण्डा हो र होइनको बहस बजारमा चल्छ नै । त्यस्तो अवस्थामा फलानो गुण्डा नै हो वा होइन भन्ने कुराको जानकारी गृहमन्त्रीलाई सम्बन्धित अधिकारीले दिनुपर्छ । बरिययताअनुसार गृहमन्त्रीलाई जानकारी दिनुपर्ने निकाय सम्बन्धित संगठनको प्रमुख वा अरु कोही सरोकारवाला अधिकारी हुनसक्छ ।
तर, एकजना युवा संघ कार्यकर्ता पक्राउका सम्बन्धमा गृहमन्त्रीलाई कसैले कुनै जानकारी दिएका छैनन् । प्रहरीले चलाएको ‘गुण्डा अपरेशन’ गृहमन्त्रीको निर्देशनअुनसार नै भएको हो । तर, निश्चित व्यक्तिको स्थिति के हो ? ऊ गुण्डा हो वा होइन, अभियोग पुष्टि हुने आधार प्रहरीसँग छ वा छैन भन्नेबारे जवाफदेही अधिकारले उपप्रधानमन्त्रीलाई केही भनेका छैनन् ।
त्यस्तो काममा गृहमन्त्रीले सामान्य ढंगले सोध्दा पनि हस्तक्षेप झल्किने कारण नसोध्नु एउटा कुरा भयो, तर पक्राउ परिएका व्यक्ति यस्ता यस्ता हुन् भनेर सम्बन्धित अधिकारीले ब्रिफिङ गर्नुपर्छ । त्यो ब्रिफिङ काठमाडौं प्रहरी परिसर चलाएर बसेको मान्छेले गरेन ।
सामान्य कसुरदार नियन्त्रणमा लिँदा पत्रकार सम्मेलन गरेर बजारमा चर्चा खोज्ने त्यो हाकिमले आफ्नो विभागीय मन्त्रीलाई आफूले नियन्त्रणमा लिएका ‘गुण्डा’ नामका व्यक्ति यो र यति कारणले गुण्डा नै हो भन्ने कुरा बताउनुपर्छ भन्ने उहाँको आशय थियो । एकजना युवा संघ सम्बद्ध व्यक्तिबारे त्यो कार्यक्रममा प्रश्न उठ्यो, उहाँले यसबारे सम्बन्धित अधिकारीसँग स्पष्ट नभई आफूले केही बताउन नसक्ने भन्नुभयो ।
त्यस्ता व्यक्तिहरु जसरी सहज मुक्त भइरहेका छन्, त्यसले जे कुरा नियन्त्रण गर्न खोजिएको हो, त्यो नियन्त्रणमा नआउने खतराका कारण उहाँले जेल पठाउने गरी मुद्दा अभियोजनको सुरा उठाउनुभएको छ । गुण्डाहरु एमालेमा छन् भने तिनलाई पनि छोड्नुहुन्न भन्ने अभिव्यक्ति दिइरहने गृहमन्त्रीले एउटा मामुली जिल्ला प्रहरी प्रमुखको चाकडी कदापी खोज्दैन । टिप्पणीकार मित्रहरुले यो कुरालाई ध्यानमा राख्नु जरुरी हुन्छ । तर, संवेशनशीलताका दृष्टिले कतिपय ब्रिफिङ गृहमन्त्रालयलाई सम्बन्धित अधिकारीले तत्कालै दिनु कामको समन्वयका दृष्टिले मनासिव हुन्छ । गृहमन्त्रीको अपेक्षा त्यति मात्रै हो ।
रमेश खरेलबारे
प्रहरी प्रधान कार्यालयमा ब्रिफिङ गर्न पुगेका गृहमन्त्रीसँग विभागीय प्रमुखले संगठनका अपेक्षा राख्नु मनासिव हो, तर, एउटा तल्लो दर्जाको अधिकारीले महानिरीक्षकलाई ओभरटेक गरेर आफ्नो कुरा राख्न थाल्यो भने चेन अफ कमाण्डलाई धोती लगाएको बुझ्नुपर्छ । प्रहरी राजनीतिक हस्तक्षेपबाट मुक्त हुनुपर्छ । यो स्वयं वामदेवको प्रतिवद्धता हो ।
उहाँले आजसम्म कुनै हस्तक्षेप वा हस्तक्षेपजन्य काम गर्नुभएको छैन । तर, अन्यत्रबाट भएका एकाध हस्तक्षेपलाई आवरणमा पेश गर्दै कुनै प्रहरी अधिकारी जब सिंगो राजनीतिक नेतृत्व र प्रणालीप्रति खनिन्छ भने त्यसलाई अराजक भन्नुपर्छ । राम्रो काम गरेको नाममा प्रहरीले प्रणाली नमान्ने, प्रणालीमाथि औंलो उठाउनेजस्ता अराजक काम गर्नुहुँदैन ।


0 comments
Readers Comments
i love like and koment