,

चोरी सिकारीले संरक्षित जनावर लोप हुने सङ्घारमा


होटल–होटलमा मासुको विक्रि '

कञ्चनपुर, चैत २५–कञ्चनपुरको पूर्वी क्षेत्रका सामुदायिक वनमा वन्यजन्तुको चोरी सिकारी बढेपछीसंरक्षित जनावरहरु लोप हुने सङ्घारमा पुगेका छन् । चोरी सिकारीमा संलग्नहरुले धमाधम संरक्षित जनावरहरुको सिकार गर्न थालेपछि सामुदायिक वनबाट संरक्षित जनावरहरु रित्तिन थालेका छन् । कृष्णपुरको वाणिमा रहेको ग्वालावारी, जनहित महाकाली र झलारीको श्रीकृष्ण सामुदायिक वन क्षेत्रमा रहेका बँदेल, नीलगाई, चितल, खरायोलगायतका संरक्षित जनावरहरु चोरी सिकारीमा संलग्न समूहले दिउँसै मारेर लैजाने गरेका छन् । ग्वालावारी सामुदायिक वनमा रहेका आठ बँदेलमध्ये छवटा र नीलगाई ११ मध्ये नौवटा मात्रै बाँकी रहेको सामुदायिक वनका वन रक्षक चुडामणि भारतीले बताए । तीनवटा भरुवा बन्दुकसहितका आठजनाको सङ्ख्यामा रहेका सिकारीले सामुदायिक वनमा रहेका जनावरहरु मारेर लैजाने गरेको उनले बताए । सिकारीले वनमा रहेका जनावरहरुको सिकार गरी नजिकैका बजारका होटलहरुमा निर्बाध रुपमा मासु बिक्री गर्दै आएका स्थानीयवासीको भनाइ छ । kanchanpur

0 comments

Readers Comments

i love like and koment

Latest Posts

आँखै प्यारो छ

visitnepal

Visit Nepal Info and Guide