khabar,
मध्यपश्चिम विश्वविद्यालयमा अनिश्चतकालीन तालावन्दी
Posted by Unknown
Published on Monday, 23 December 2013
मध्यपश्चिम विश्वविद्यालयमा अनिश्चतकालीन तालावन्दी
=================================
सुर्खेत, पुस ८
शुल्क घटाउनुपर्ने लगायत
बिगतमा भएका बिभिन्न
सहमति कार्यान्वयनको माग गर्दै नेपाल
विद्यार्थी संघले मध्यपश्चिमाञ्चल
विश्वविद्यालयको केन्द्रीय
कार्यालयमा तालावन्दी गरेको छ ।
विद्यार्थीसंग
भएका सहमति कार्यान्वयनमा क्याम्पस
प्रशासनले उदासिनता देखाएकाले
तालाबन्दी गरेको इकाई सभापति झलक भण्डारीले
बताउनुभयो । विश्वविद्यालयले शुल्क अनुसार
विद्यार्थीलाई सुविधा दिन नसकेको, पाठ्यपुस्तक,
लगायतका शैक्षिक सामाग्री व्यवस्था गर्न
नसकेको नेविसंघले आरोप लगाएको छ ।
यता मानविकी संकायमा बिभिन्न विषय पढ्ने
विद्यार्थीले शुल्क चर्को भएको भन्दै घटाउन
उपकुलपतिको ध्यानाकर्षण गराएका छन् ।
पत्रकारिता, द्वन्द्व र शान्ति अध्ययन, सोसियल
वर्क र अन्तराष्ट्रिय सम्बन्धका विद्यार्थीहरुले
प्राज्ञिक निर्देशक मार्फत उपकुलपति पदमलाल
देवकोटाको ध्यानाकर्षण गराएका हुन् ।
उनीहरुले संयुक्त रुपमा रजिष्ट्रार र बिभागीय
प्रमुखलाई पनि मागपत्र बुझाएका छन् । तीन
दिनभित्र चारवटै विषयको शुल्क घटाएर अरु विषय
सरह बनाउन पनि विद्यार्थीहरुले आग्र गरेका छन्
।
अहिले विश्वविद्यालयले पत्रकारिताको मासिक
शुल्क २ हजार, द्वन्द्व र शान्ति अध्ययनको ३
हजार र अन्तराष्ट्रिय सम्बन्ध तथा सोसियल
वर्कको पनि ३ हजार रुपैयाँ शुल्क लिँदै आएको छl

0 comments
Readers Comments
i love like and koment