,

भट्टराईले जेलमा रहँदा लेखेका अनुभूतिहरुको संगालो ‘नोट्स फ्रम प्रिजन’ सार्वजनिक

भट्टराईले जेलमा रहँदा लेखेका अनुभूतिहरुको संगालो ‘नोट्स फ्रम प्रिजन’ सार्वजनिक
काठमाडौं, पौष ८ ।
नेपाली कांग्रेसका संस्थापक नेता स्वर्गीय कृष्णप्रसाद भट्टराईको ९०औं जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइएको छ । सरकारले ‘किसुनजी’को सम्झनामा ललितपुरको वाडे गाउँमा स्थापना गरेको आश्रममा आयोजित विशेष कार्यक्रममा सहभागी वक्ताहरुले स्वर्गीय भट्टराईको राजनीतिक निष्ठा र इमान्दारीताका बारेमा चर्चा गरे ।

कार्यक्रमा राष्ट्रकवि माधवप्रसाद घिमिरेले स्वर्गीय भट्टराईले जेलमा रहँदा लेखेका अनुभूतिहरुको संगालो ‘नोट्स फ्रम प्रिजन’ र उनको जीवनीलाई बालन संगीतमा ढालेर तयार पारिएको अडियो सिडीको विमोचन गरेका थिए ।

विसं १९८१ मा भारतको बनारसमा जन्मिएका भट्टराइले राणा शासन र पञ्चायतविरुद्ध अनवरत संघर्ष गरेका थिए । २०४६ सालको जनआन्दोलनको सफलतापछि उनकै नेतृत्वमा २०४७ सालमा प्रजातान्त्रिक संविधान जारी भएको थियो ।

२०४७ सालको संविधान निर्माण गरी भट्टराईले तत्कालीन शक्तिहरुबीच समन्वय कायम गरी मुलुकलाई प्रजातन्त्र र विकासको बाटोमा अगाडि बढाएका थिए । २०१५ सालको संसदीय चुनावपछि प्रतिनिधिसभाको पहिलो सभामुख भएका भट्टराई नेपाल पत्रकार महासंघको संस्थापक सभापति समेत थिए ।

सरकारमा पुगेर नेताहरु भ्रष्ट र आलोचित भएका बेला दुई–दुई पटक प्रधानमन्त्री बन्दा पनि भट्टराई छाता, ट्यांका र सुराही लिएरै बालुवाटारबाट निस्किएका थिए । जुन उनको जीवनको अपूर्व आदर्श र त्यागको परिणाम थियो । पूरै जीवन राष्ट्र र सत्यको खोजीमा समर्पण गरेका किशुनजीको २०६७ साल फाल्गुन २० गते ८७ वर्षको उमेरमा निधन भएको थियो ।

0 comments

Readers Comments

i love like and koment

Latest Posts

आँखै प्यारो छ

visitnepal

Visit Nepal Info and Guide