khabar,
आफुले पढाउने छात्राले लगाएको दुव्र्यवहारको आरोप सहन नसकेपछि,मदिरा सेवनले शिक्षकको मृत्यु ! शिबलाल सुबेदी गुल्मी ९ पुस,
Posted by Unknown
Published on Tuesday, 24 December 2013
आफुले पढाउने छात्राले लगाएको दुव्र्यवहारको आरोप सहन नसकेपछि,मदिरा सेवनले शिक्षकको मृत्यु !
शिबलाल सुबेदी गुल्मी ९ पुस,
आफुले पढाउने छात्राले लगाएको दुव्र्यवहारको आरोप सहन नसकेपछि गरेको मदिरा सेवनले राष्ट्रिय माध्यमिक बिद्यालय थोर्गाका विज्ञान शिक्षकको ज्यान गएको छ ।- विज्ञान संकायबाट स्नातकोत्तर उत्तिर्ण गरेका शिक्षक निर्मल ज्ञवालीको सोमबार राती मृत्यु भएको हो । ज्ञवालीले ८ वर्ष देखि विद्यालयको निम्न माध्यमिक तह र माध्यमिक तहमा अध्यापन गराउदै आउनु भएको थियो । सोमबार दिउसो कक्षा ७ मा अध्ययन गर्ने छात्राले आफुलाई शिक्षकले यौन दुव्र्यवहार गरेको आरोप लगाएकी थिईन । छात्राले उक्त आरोप लगाएपछि सोमबार दिनभर विद्यालयमा तनाब समेत सिर्जना भएको थियो । विद्यार्थीहरुलेत्यस्तो शिक्षकलाई कारवाही गर्न बिद्यालय व्यवस्थापन समिति समक्ष माग गरेका थिए । आफुलाई गलत आरोप लगाएको भन्दै विद्यालयबाट बाहिरिएका शिक्षक ज्ञवालीले विद्यालय नजिकैको होटलमा ‘सिक्वेन्स’ नामक मदिरा दिउसो देखि नै सेवन गरेको र उच्च रक्तचापका समेत विरामी भएकाले त्यसकै कारणबाट उहाँको मृत्यु भएको देखिएको अनुसन्धानमा खटिएका जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी निरिक्षक निशान्त श्रीवास्तबले जानकारी दिनुभएको छ । शिक्षक ज्ञवालीको विद्यालय व्यवस्थापन समितिसंग समेत लामो समयदेखि विवाद हुदै आएको थियो । होटल नजिकै मृत अवस्थामा फेला परेको र दिउसो विद्यालयमा तनाव समेत सिर्जना भएकाले स्थानीयले अन्य आशंकाहरु गरेको भएपनि पोष्टमार्टममा त्यस्तो कुनै समस्या नदेखिएको निमित्त प्रहरी प्रमुख राजेन्द्रप्रसादश्रेष्ठले बताउनुभयो । स्रोतका अनुसार उहाँको दिमागमा अत्याधिक रगत जमेर मृत्यु भएको देखिएको छ । पोष्टमार्टमपछि उहाँको शव आज नै आफन्तको जिम्मा लगाइएको समेत प्रहरीले जनाएको छ ।

0 comments
Readers Comments
i love like and koment