सायरी,
यो नजरले राम्री ताक्छ मेरो केको दोष
Posted by Unknown
Published on Tuesday, 24 December 2013
यो नजरले राम्री ताक्छ मेरो केको दोष ?
यो मन उडी त्यतै भाग्छ मेरो केको दोष ?
उमेरमा हुन्छ भन्छन् सबैलाई यस्तै
यो बैंशले माया माग्छ मेरो केको दोष ?
मनको गा“ठो खोल्छु भन्छु उनी सामुपर्दा
ढुकढुकीले सिमा नाग्छ मेरो केको दोष ?
उनलाई हेरी मधुर बोली सुन्ने मात्र हैन
आफु पनि बोलुं लाग्छ मेरो केको दोष ?
कुरा गर्न मन छ मलाई उनी तर्की जाने
मनको लड्डु मनमै पाक्छ मेरो केको दोष ?
यो मन उडी त्यतै भाग्छ मेरो केको दोष ?
उमेरमा हुन्छ भन्छन् सबैलाई यस्तै
यो बैंशले माया माग्छ मेरो केको दोष ?
मनको गा“ठो खोल्छु भन्छु उनी सामुपर्दा
ढुकढुकीले सिमा नाग्छ मेरो केको दोष ?
उनलाई हेरी मधुर बोली सुन्ने मात्र हैन
आफु पनि बोलुं लाग्छ मेरो केको दोष ?
कुरा गर्न मन छ मलाई उनी तर्की जाने
मनको लड्डु मनमै पाक्छ मेरो केको दोष ?
.jpg)


0 comments
Readers Comments
i love like and koment