,

विदेश पढाई दिन्छु भन्दै साढे ३६ लाख ठग्ने पक्राउ

काठमाडौं, पुस ९ - वैदेशिक रोजगारीको नाममा मानव बेचबिखन तथा ओसारपसार एवंम ठगी गर्ने काममा संलग्न एक व्यक्तिलाई नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो सिआइबीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा रोल्पा कोटगाउं ६ का भीमप्रकाश रोका मगर रहेका छन् । सिआइबीको टोलीले सुनसरीको धरानमा पक्राउ गरेपछि उनलाई महानगरीय प्रहरी परिसर हनुमानढोकामा पडढाईएको  छ ।डेनमार्क लगायतका वैदेशिक मुलुकमा आकर्षक रोजगारी लगाई दिने प्रलोभन देखाई राजेन्द्रप्रसाद चौधरीसँगबाट २८ लाख ३५ हजार रुपैयाँ ठगी गरेको मुद्दामा उनलाई वैदेशिक रोजगार न्यायाधिकरणले गत चैत २० गते ३ वर्ष ६ महिना कैंद र ३ लाख जरिवानाको सजाय सुनाएको भएपनि उनी फरार थिए ।पक्राउ पछि अनुसन्धान गर्दा उनले अरु ९ जना व्यक्तिलाई विदेश पढाई दिन्छु भनी ३६ लाख ५० हजार रुपैयाँ ठगि गरेको पाईएकाले उनीमाथि गर्न मानव बेचबिखन एवंम ओसारपसार ऐन २०६४, मुलुकी ऐन २०२० को ठगीको महल र वैदेशिक रोजगार ऐन २०६४ अनुसार कारवाहीको प्रकृया अघि बढाउने तयारी गरिएको सिआइबीले जनाएको छ ।यी मुद्दाको अनुसन्धानपछि मगरले चौधरीको २८ लाख ३५ हजार रकम ठगी गरेको वैदेशिक रोजगार ठगी मुद्दामा वैदेशिक रोजगार न्यायाधिकरणको फैसला अनुसारको ३ वर्ष ६ महिना कैंद र ३ लाख जरिवाना कैद सजायँ भुक्तान गर्नु पर्ने छ ।मगरले काठमाडौंको काठमाडौं महानगरपालिका ३३ बस्ने २९ को कल्याण केसी अर्याल, ईचङ्गुनारायण गाविस वडा नं. १ बस्ने वर्ष ३९ को रत्नबहादुर लामा, वर्ष ३३ को वीरमान तामाङ, बज्रयोगिनी गाविस वडा नं. ८ बस्ने वर्ष ३० को मुकुन्द कुमार श्रेष्ठ, रामकोट गाविसका वर्ष ३९ को शैलेन्द्र लामा, जिल्ला गोरखा थालाजुङ गाविस वडा नं. ३ बस्ने वर्ष ३१ को जीवन देवकोटा, जिल्ला सिन्धुली कल्पवृक्ष गाविस वडा नं. १ बस्ने वर्ष २२ को जीवन थापा, जिल्ला रुकुम खलङ्गा गाविस वडा नं। ६ बस्ने वर्ष २३ को केशव पुन, झापा शरणामति गाविस वडा न.५ बस्ने वर्ष २४ को दिपक कटुवाल समेतका ९ जना व्यक्तिहरुसँग ३६ लाख ५० हजार ठगि गरेको सिआइबीको दावी छ ।मगरले ग्लोबल भिसा क्लव एण्ड करिअर रिसर्च सेन्टर नयाँ बानेश्वरको नामबाट विज्ञापन निकाली चाईना हुंदै रसिया लैजाने र रसियामा ३ देखि ६ महिना सम्म होटेल रेष्ट्रुरेन्ट सम्वन्धी तालिम गरि ईटाली, पोर्चुगल, पोल्याण्ड समेतका विभिन्न देशहरुमा वैदेशिक रोजगारीको लागि पठाई दिने भनी रकम ठगेका थिए ।  गत मंसिर १० गते विदेश उड्नका लागि त्रिभुवन अन्तराष्ट्रिय विमानास्थलमा बोलाई मगर ट्रावल्स चेक र टिकेट ल्याउंछु भनि विमानस्थलबाटै भागेको अनुसन्धानबाट खुलेको सिआइबीले जनाएको छ । -

0 comments

Readers Comments

i love like and koment

Latest Posts

आँखै प्यारो छ

visitnepal

Visit Nepal Info and Guide