,

जाने भए जाऊ त नि,छेक्ने कुरो आएन,

मेरो माया पचेन रे,
हाजमोला पो खान्छु भन्छे !
गांठिस केटा भेटे अर्कै,
पोइला पो त जान्छु भन्छे !
जाने भए जाऊ त नि,छेक्ने कुरो आएन,
लौ राम्ररी जाऊ है,
मलाई पनि बालै भएन !



दिनु सम्म, छाती चिरी,
माया मैले दे' कै हो !
च्यात्नु सम्म, मनै च्याती,
चोखो पिरती ला' कै हो !

लक्ष्मी नारायण को अगाड़ी,
भावना को काम भएन !
लौ माया राम्ररी जाऊ,
मलाई पनि बालै भएन !!

एउटा गए अर्को आउछ,
त्यों गए झंन अर्को !
उसलाई भुल्न बियर खाको,
घांटी मै पो सर्क्यो !
लोकल ठर्रा चाहियो अब,
छुसी बियर ले काम भएन !
लौ, साईली राम्ररी जाऊ है
बा', मलाई पनि बालै भएन !

0 comments

Readers Comments

i love like and koment

Latest Posts

आँखै प्यारो छ

visitnepal

Visit Nepal Info and Guide