रोचक जानकारी,
अंगुर खानुस्, ९ फाइदा लिनुस्,,
Posted by Unknown
Published on Monday, 27 January 2014
अंगुरको सिजन सुरु भएको छ । अंगुरको नियमित सेवनका अनेक फाइदा छन् । यसले
तपाईको सुन्दरतासँगै स्वास्थ्यमा समेत राम्रो गर्छ । अंगुरमा भिटामिन,
पोटाशियम, आइरनसहितका पौष्टिक तत्व पाइन्छ । आज हामी तपाईहरुलाई अंगुर
खाँदा हुने नौं फाइदाबारे जानकारी दिादैछौं ।
१) अंगुरमा रेसवेराट्रोल तत्व प्रचूर मात्रामा हुन्छ जुन अल्जाइमर्स रोगमा लाभदायी हुन्छ ।
२) अंगुरको सेवनले कोलेस्ट्रोल र यूरिक एसिड नियन्त्रणमा पनि सहयोग पुग्छ ।
अंगुर भिटामिन, पोटासियम, क्याल्सियम, आइरनजस्ता पौष्टिकताले भरिएको हुन्छ
। यसको नियमित सेवनबाट छालाको सौन्दर्य, रुघाखोकी आदिमा छुटकारा पाउन
सकिन्छ ।
३) अंगुरमा पोलिफेनोलिक फाइटोकेमिकल कम्पाउण्डले क्यान्सर, कोरोनरी डिजिज, अल्जाइमर्स, फंगल इन्फेक्सन आदिमा पर्याप्त फाइदा दिन्छ ।
४) रक्तस्रावको समस्यामा एक गिलास अंगुरको जुसमा दुई चम्चा मह घोलेर खाने हो भने नियन्त्रणमा आउँछ ।
५) अंगुरमा ग्लुकोज पर्याप्त हुन्छ । यसले शरिरमा स्फूर्ति जगाउने, पाचन
संयन्त्र बलियो बनाउने, आँखा, कपाल र छालाको सौन्दर्यमा पनि सहयोग गर्दछ ।
-६) हृदयघातबाट जोगिन एक चम्चा कालो अंगुरको जुस र एसपिरिन औषधि घोलेर
खाएमा फाइदा पुग्छ । कालो अंगुरमा हुने फलोवोनाइड्स र एसपिरिनले रगत जम्न
दिँदैन ।
७) घाउ, खटिरा निको पार्न पनि अंगुर सहयोगी हुन्छ । अंगुृरको रसले मुख धुने गरेमा डण्डिफोरजस्ता समस्या हल हुन्छ ।
८) एसिडिटी र बान्ता आउने समस्यामा नुन र मरिच घोलेर अंगुर जुस खाएमा फाइदा पुग्छ ।



0 comments
Readers Comments
i love like and koment