,

फेसबुकमा तपाईको प्रोफाइल कसले चेक गर्‍यो ?,,,

आजकल फेसबुक प्रयोगकर्ताको सवैभन्दा चासो र चिन्ताको बिषय हो आफ्नो प्रोफाइल कसले चेक गर्‍यो भनेर थाहा पाउने ।
सर्च इन्जिनमा सवैभन्दा धेरै सर्च गरिने बिषय पनि यही हो । गुगलमा तपाईले हु भ्युज माई फेसबुक प्रोफाइल भनेर सर्च गर्नुभयो भने हजारौं नतिजा प्राप्त हुन्छन् ।
कसैले एप्लिकेसन र कसैले अनेकथरि टिप्स दिएका हुन्छन् । कतिपय यस्ता टिप्स र टुल्सले काम गरेको दावी पनि गरेका छन् ।
तर, यी सवका बाबजुद पनि सत्य के हो भने फेसबुकमा तपाईको प्रोफाइल कसले चेक गर्‍यो भन्ने सूचना थाहा पाउन सकिदैन् ।
हो, फेसबुकलाई थाहा हुन्छ कि तपाईको प्रोफाइल कसले चेक गर्‍यो ? तर, उनीहरुले अहिलेसम्म यो तथ्याङ्क प्रयोगकर्तालाई दिएका छैनन, जसका कारण अहिलेसम्म जोजसले फेसबुक प्रोफाइल हेरेको थाहा पाउने टुल भनेर दावी गरिरहेका छन ती सवै झुट हुन, उनीहरुले चाहँदैमा फेसबुकका सूचना ल्याउन सक्दैनन् । फेसबुकको आधिकारिक पेजमा यसबारेमा प्रष्टै भनिएको छ ।
प्रोफाइल हेरेको थाहा दिन्छौ भनेर दावी गरिएका यस्ता एपको जथाभावी इस्टलले तपाईको कम्प्युटरमा खरावी ल्याउनेबाहेक अन्य कुनै उपलब्धी हुँदैन् । कतिपय एपले सो एप इन्स्टल गरेको प्रयोगकर्ताहरुको मात्र सूचना दिन सक्छन, सवै प्रयोगकर्ताको हैन् ।

0 comments

Readers Comments

i love like and koment

Latest Posts

आँखै प्यारो छ

visitnepal

Visit Nepal Info and Guide