जानी राखौ कुन सपनाको फल कस्तो हुन्छ ? (धेरै भन्दा धेरै शेयर गरी सबैको वालमा पुरयाउ)
सपना त हामी सबैले देख्ने गरेकै छौ, तर तपाईलाई थाहा छ हामीले देखेको सपना
अनुसार त्यसको अलग अलग फल पाईन्छ भन्ने धार्मिक मान्यता रहिआएको छ ।
हाम्रा परम्परागत मान्यता अनुसार हामीले देखेका केही सपनाले राम्रो फल
दिन्छन भने केही सपनाले नराम्रो फल पनि दिन्छन् । तपाईले देख्नु भएको
सपनाले कस्तो फल दिन्छन्, तलको तालिका हेरेर पत्ता लगाउनुहोस...
आकाशमा मास्तिर उड्नु -टाढा टाढाको यात्रा गरिन्छ, जसले लाभ हुन्छ ।
आकाशमा उड्नु - लाभ हुन्छ ।
आकाशबाट झर्नु - समाजमा बेइज्जती हुन्छ ।
आकाश देख्नु - प्रतिष्ठा मिल्छ, सरकारबाट धेरै धन प्राप्त हुन्छ ।
आकाशमा बादल देख्नु - सरकारको कृपा हुन्छ, व्यवसायमा वृद्धि हुन्छ ।
पानी पर्नु - बिरामी पर्ने या जाल फरेबमा फसिने सूचना हो ।
पानी एकै ठाउँ परिरहनु - परमात्माको कृपाले अन्न सस्तो हुने सूचना हो ।
बिजुलीका साथ पानी परेको देख्नु - बिरामी भए निको होइन्छ, ऋण भए फच्चे हुन्छ ।
जमीनसम्म देख्नु - दौलत मिल्छ ।
जमीनमा जोतेको, छरेको, रोपेको देख्नु - संसारका हरेक काम पूरा हुन्छ । जीवन आरामले बित्छ ।
आकाशका धूलो वा आँधी देख्नु - त्यस देशमा लडाइँ वा तूफान हुने सूचना हो ।
बिजुली देख्नु - मालदार हुइन्छ ।
जमीनमा मिल्नु - वरवाद होइन्छ, फरेबमा फसिन्छ ।
जङ्गलमा हिँड्नु - धार्मिक उन्नति गर्छ, आफ्नु धर्ममा जीवनभर रहन्छ ।
जङ्गलमा खानु पिउनु - धेरै धन मिल्छ या धन प्राप्त गर्न परिश्रम गर्छ ।
माटो खानु - धेरै धन मिल्छ, अथवा बेइज्जत हुन्छ ।
माटोमा हिँड्नु - धनी होइन्छ ।
ईनार खन्नु - आम्दानीको वृद्धि हुन्छ या व्यापारबाट लाभ हुन्छ, दुनियाँले तिमीबाट लाभ पाउँछ ।
इनारबाट सिँचाइ गर्नु -आफ्नु धनबाट केही परमात्माको काममा पर
र्सार्छ, दीन - दुःखीलाई मद्दत गर्छ ।
इनारबाट पानी निकालेर कुनै रुखमाहाल्नु - दीन वा दुःखीहरुको सेवा गर्छ ।
इनारबाट पानी पियाउनु - साधु वा महात्माको सेवा गर्छ ।
इनारबाट पानी निकाल्नु - आम्दानीमा वृद्धि हुन्छ ।
इनारमा झर्नु - मुसीबतमा फसिन्छ, शोक वा सन्तापमा परिन्छ ।
इनारबाट निस्कनु - जिन्दगी आसानीसँग बित्छ या हरेक ठाउँमा सफलता प्राप्त हुन्छ ।
पानीमा हिँड्नु - कुनै राजालाई प्रशन्न पार्छ, अन्धाधुन्ध उन्नति गर्छ ।
0 comments
Readers Comments
i love like and koment