,

तारा अलग भएनी , जुन त आखिर एउटै थियो

तारा अलग भएनी , जुन त आखिर एउटै थियो
जात अलग भएनी , खुन त आखिर एउटै थियो

उनि बस्थिन महलमा , मेरो वास थ्यो झुपडीमा
च्यादर अलग भएनी , ऊन त आखिर एउटै थियो

उनि लिन्थिन पियानो, बाँसुरी थ्यो मेरो साथमा
बाजा अलग भएनी , धुन त आखिर एउटै थियो

उनि जान्थिन रेस्टुरेन्ट , म गुन्द्रुक मा रमाउथे
स्वाद अलग भएनी, नुन त आखिर एउटै थियो

धेरै थियो प्रसंसा , उनको घरको सुन्दरताको
रङ्ग अलग भएनी, चुन त आखिर एउटै थियो

0 comments

Readers Comments

i love like and koment

Latest Posts

आँखै प्यारो छ

visitnepal

Visit Nepal Info and Guide