जूस(रस) स्वास्थ्यकोलागि फाईदै फाइदा !!! ======================
(जानकारी शेयर गर्ने गर्नुहोला ता की तपाइको फेसबुक हेर्नेले पनि केही
ज्ञान पाओस.. तपाईलाई काम नलागे पनि तपाईका आफन्त वा साथीभाईहरुको लागि
धेरै महत्व पूर्ण हुन सक्छ ) =============== नीम एउटा आयुर्वेदिक
औषधि हो l जुन स्वास्थ्यकोलागि धेरै किसिमले फाइदाजनक छ l नीम, हाम्रो
शरीर, छाला तथा कपालकोलागि अत्यन्तै फाइदाजनक औषधि हो l तर यसको तितो
स्वादले गर्दा प्रायले यसको सेवन गर्न मनपराउदैनन्, त्यसैले यसको जतिनै
गुणहरु भएपनि उपयोग गर्न त्यति रुचाउदैनन् l तर यसको रस को सेवन गर्न सजिलो
हुने हुदा, त्यहिँ रस सेवन गरेर नीममा पाइने धेरै गुणहरुको फाइदा लिउं l यहाँ नीमको रसको बिभिन्न फाइदाहरुको बारेमा उल्लेख गरिएको छ l
नीमको जूस (रस) बाट हुने फाइदाहरु -
1. नीममा एन्टी इंफ्लेमेट्री तत्व पाइन्छ, नीमको रसले चाया,
डण्डीफोरआदिलाई नियन्त्रण गर्नुका साथै यसको नियमित प्रयोगले भविष्यमा समेत
यसबाट मुक्ति दिलौदछ l नीमको जूस (रस)ले अनुहार तथा शरीरको छालाको रंग
निखार्नमा बिशेष भूमिका खेल्दछ l
2. नीमको पातहरुको रस र सुद्ध
महलाई २:१ (दुई भाग नीमको रस र एक भाग मह) अनुपातमा मिलाएर पिउनाले पिलिया
भएको व्यक्तिहरुलाई फाइदा गर्दछ l तथा कानमा हाल्नाले कानको बिभिन्न
बिकारहरुमा समेत फाइदा गर्दछ l
3. नीमको जूस (रस) पिउनाले शरीरको
बिकारहरु निस्कासन गर्न बिशेष सहयोग पुरयाउद छ l यसको नियमित सेवनले
कपाललाई मुलायम र चम्किलो बनाऊदछ , शरीरको र अनुहारको छालालाई कामुक आकर्षक
बनाई दिन्छ l पाचन क्रियालाई समेत ठिक बनाउनमा सहयोग गर्दछ l
4.
नीमको जूस (रस)ले मधुमेहका रोगीहरुलाई समेत धेरै फाइदा गर्दछ l दैनिक नीमको
जूस (रस) पिउनाले ब्लड़ सुगरको (लेवल) एकदम नियन्त्रण हुन्छ ।
5. नीमको रस दुई थोपा आँखामा राख्नाले आँखा तेजिलो बनाउनुका साथै यदी कन्जंगक्टवाइटिस भएको छ भने पनि चाडैनै ठिक गरिदिन्छ ।
6. यदी शरीरमा चिकन पॉक्सको दागहरुको सफाई गर्नकोलागी नीमको रसले मसाज
गर्नाले फाइदा गर्दछ l यसको साथै छाला सम्बन्धि रोगहरु जस्तै: एक्जिमा,
स्मल पक्स आदिमा पनि नीमको जूस (रस) पिउनाले त्यस्ता रोगहरुलाई निर्मुल
पर्दछ l
7. नीम एउटा रगत शुद्ध पार्ने अचुक औषधि हो l यसले शरीरमा
हुने खराब कोलेस्ट्रोल घटाउने तथा नष्ट गर्ने काम गर्दछ l यो नीमको जूस
(रस) महिनामा १० दिन सेवन गर्ने हो भने यसले हृदयघातको सम्भाव्यतालाई समेत
निर्मुल नै पारी दिन्छ ।
8. पयारिया, गिजाबाट रगत आउने जस्तो
रोगलाई नीमको पात वा बोक्रालाई एउटा भाडोमा पानी सहित हालेर रात भरी राख्ने
र बिहान त्यो पानीले कुल्ला गर्नाले पयारिया र गिजाबाट रगत आउने जस्तो
रोगमा निकै फाइदा हुन्छ l यसले गिजा र दाँत लाई एकदम बलियो र स्वास्थ्य
बनाउद छ l नीमको फूलले पने निकै फाइदा गर्दछ l नीमको फुललाई मजाले कडापानी
बनाएर पिउनाले हाम्रो शरीरलाई निकै फाइदा गर्दछ l नीमको डाँठले नित्य
दत्युन गर्नाले दाँत भित्र हुने बिभिन्न प्रकारको जीवाणु हरुलाई नष्ट
गरिदिन्छ र दाँत र गिजालाई चम्किलो, स्वास्थ्य र बलियो बनाउनुका साथै मन
लाई समेत प्रसन्न बनाउन मदत गर्दछ l
9. नीमको रसले भाइरसको
बृद्दीलाई रोक्छ l यसले कलेजोलाई स्वास्थ्य राख्नुका साथै त्यसको
कार्यक्षमतामा समेत बृद्दी गरी मजबुत बनाउद छ l निमको रसले मलेरिया रोगको
उपचारमा समेत प्रयोग गरिन्छ र यसले निकै फायदा गर्दछ ।
10. नीमको
रसले प्रिग्नेन्सिको समयमा हुने योनीको पीडालाई समेत काम गर्दछ l नीमको
फाइदा देखि बिज्ञ महिलाहरु प्रिग्नेन्सीको समयमा हुने लेवरपेनबाट छुटकारा
पाउनकालागि नीमको रसले मसाज गर्छन l प्रिग्नेन्सिको समय भन्दा केहि अगाडी
देखिनै नियमित नीमको रस सेवन गर्नाले रगतलाई सुद्ध बनाउनुका साथै यसले
गर्भासयको संकुचनमा फाइदा पुरयाउनुको साथै त्यसको वरिपरि सुन्निएको समेत
निर्मुल पार्दछ l
11.निमले भोक जगाउछ, दिशा सफा हुन्छ, जरो आउन दिदैं, यदी आइ हालेमा तापक्रम त्यति धेरै हुन् पाउदैन l
0 comments
Readers Comments
i love like and koment