,

सुत्केरीको मृत्युपछि ओम अस्पतालमा तनाव

सुत्केरीको मृत्युपछि ओम अस्पतालमा तनाव
==========================
काठमाडौं, माघ १७ ।
सुत्केरी महिलाको मृत्यु भएपछि राजधानीको ओम अस्पतालमा तनाव भएको छ । ताप्लेजुङ सिनाम गाविसकी २८ वर्षीय शोभा थेबे लिम्बुको सुत्केरी गराएपछि गएराति मृत्यु भएको थियो । सुत्केरी व्यथा लागेपछि उनलाई चार दिन अगाडि ओममा भर्ना गरिएको थियो ।

चिकित्सकले लापरबाही गर्दा सुत्केरीले ज्यान गुमाउनु परेको आरोप पीडित पक्षको छ । उनीहरुले पीडित पक्षलाई क्षतिपूर्ति, दोषी चिकित्सकलाई कारबाही र शिशुको जीवनरक्षा गर्नुपर्ने माग गरेका छन् ।

यता, अस्पतालले भने चिकित्सकबाट लापरबाही नभएको भन्दै पीडितको गुनासा सुन्न र समस्या सामधान गर्न तयार रहेको बताएको छ । अस्पतालका अध्यक्ष डा. भोला रिजालले रक्तनलीमा रगत जमेको र उपचारको क्रममा मृत्यु भएको भन्दै दुःख व्यक्त गरेका छन् ।

सुत्केरीको मृत्यु भएपछि आक्रोशित आफन्तले अस्पताल परिसरमा ढुंगामुढा गर्दा प्रहरी र पीडित पक्षबीच केहीबेर झडपसमेत भएको थियो ।

0 comments

Readers Comments

i love like and koment

Latest Posts

आँखै प्यारो छ

visitnepal

Visit Nepal Info and Guide