,

तारा अलग भएनी, जुन त आखिर एउटै थियो !

तारा अलग भएनी, जुन त आखिर एउटै थियो !
जात अलग भएनी, खुन त आखिर एउटै थियो !!
उनि बस्थिन महलमा, मेरो वास थ्यो झुपडीमा !
च्यादर अलग भएनी, ऊन त आखिर एउटै थियो !!
उनि लिन्थिन पियानो, बासुरी थ्यो मेरो साथमा !
बाजा अलग भएनी, धुन त आखिर एउटै थियो !!
उनि जान्थिन रेष्टुरेन्ट, म गुन्द्रुक मा रमाउथे !
स्वाद अलग भएनी, नुन त आखिर एउटै थियो !!
तारा अलग भएनी, जुन त आखिर एउटै थियो !
जात अलग भएनी, खुन त आखिर एउटै थियो !

0 comments

Readers Comments

i love like and koment

Latest Posts

आँखै प्यारो छ

visitnepal

Visit Nepal Info and Guide