समाचार,
देउवासँग मिलेर प्रधानमन्त्री बन्ने दाउमा पौडेलदे
Posted by Unknown
Published on Sunday, 12 January 2014
देउवासँग मिलेर प्रधानमन्त्री बन्ने दाउमा पौडेल
=========================
काठमाडौं,पुस २९
कांग्रेस उपसभापति रामचन्द्र पौडेल देउवासँग मिलेर प्रधानमन्त्री बन्ने रणनीतिमा लागेका छन् । कांग्रेस उपसभापति पौडेलले आफु प्रधानमन्त्री हुन नपाए सभापति सुशिल कोइरालालाई पनि असहयोग गर्ने तयारी गरेका छन् । उनी बरिष्ठ नेता शेरबहादुर देउवासँग मिलेर जसरी पनि प्रधानमन्त्री बन्ने पौडेलको दाउ छ । उपसभापति पौडेलको तयारीसँगै प्रधानमन्त्री बन्न सक्रिय भएका कोेइराला दवावमा परेका छन् ।पौडेल महामन्त्री प्रकाशमान सिंह पक्षका सभासद् जोडदा मात्र संविधानसभामा बहुमतमा भभएका सभापति कोइराला पौडेलल नै प्रधानमन्त्रीको दावेदार भएपछि अप्ठेरोमा परेका छन् । अब कोइरालालाई प्रधानमन्त्री बन्न बरिष्ठ नेता शेरबहादुर देउवासँगै पौडेललाई पनि मिलाउनु पर्ने चुनौाती थपिएको छ । कोइरालाले गत बुधबार देउवा र पौडेललाई संयुक्त रुपमा भेटेर आफ्नो तेतृत्वमा सरकार गठनमा समर्थन गर्न आग्रह गरेका थिए । कोइरालाको आग्रहलाई देउवाले ‘साथीहरुसँग सल्लाह गर्नुपर्छ’भन्ने जवाफ दिएका थिए । तर पौडेलले यसपटक आफुलाई प्रधानमन्त्री बनाउन आग्रह गरेका थिए,आजको नयाँ पत्रिकामा खबर छ


0 comments
Readers Comments
i love like and koment