,

आज को ताजा खबर

पैसाको लोभमा प्रहरीले बनाए आफ्नै श्रीमतीलाई सुराकी
==============================
काठमाडौं,पुस २९
नेपाल प्रहरी कति द्रव्यपिचास बन्दै गइरहेका छन भने उनीहरु पैसाको लागि जस्तो सुुकै हर्कत गर्न पनि पछि पर्दैनन् । यही र यस्तै भनाइलाई पुष्टी गर्ने खालको काम गरेका छन् एक जना प्रहरीले । आजको समाचारपत्र दैनिकका अनुसार गत भदौमा बौद्दबाट समातिएको १६ किलो सुन तस्करीको सुराकीका रुपमा एक प्रहरीले आफ्नै पत्नीको नाम राखेर सुराकी रकम लिएको खुलासा भएको छ । चीनको राजधानी बेइजिङबाट तिब्बत हुँदै तातोपानी नाकाबाट नेपाल भित्रिएको उक्त सुनको असली सुराकी तिब्बतीयन नागरिक नै भए पनि सुन पक्राउ गर्ने कमाण्डमा खटिएका इन्स्पेक्टर कृष्णबहादुर चन्दले पत्नी ज्योतिकुमारी पालको नाम सुराकीमा राखी ९८ लाख ८४ हजार तीन सय ४३ मध्ये २५ प्रतिशत आयकर अन्तर्गत २४ लाख ७१ हजार ८६ रुपैयाँ कटाई ७४ लाख १३ हजार २ सय ५७ रुपैयाँ चन्दले पत्नीलाई राजस्व अनुसन्धान विभागमा लगेर उक्त रकम बुझेको पाइएको छ । तिब्बतबाट नेपाल सुन तस्करी हुँदै गरेको सुराकी पाएका चन्दले पत्नी ज्योतिले सुराकी दिएको भन्दै रकम निकासा गरेर राजस्व अनुसन्धान विभागमा महानिर्देशक भरतराज सुवेदीले २० लाख रुपैयाँ लिएको समेत बताइएको छ । प्रहरी निरीक्षक चन्द अहिले इलाका प्रहरी कार्यालय खानिखोला धादिङमा कार्यरत छन् ।

0 comments

Readers Comments

i love like and koment

Latest Posts

आँखै प्यारो छ

visitnepal

Visit Nepal Info and Guide