समाचार,
महिला फुटबलको फाइनलमा आर्मी र पुलिसबीच मुक्कामुक्की
Posted by Unknown
Published on Tuesday, 21 January 2014
महिला फुटबलको फाइनलमा आर्मी र पुलिसबीच मुक्कामुक्की
इलाम : त्रिभुवन आर्मी क्लबलाई २-१ गोलले हराउँदै नेपाल पुलिस क्लबले राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि हात पारेको छ।
मंगलबार भएको फाइनलमा पुलिसका लागि स्ट्राइकर निरु थापा र चन्द्रा भण्डारीले एकएक गोल गरे।
प्रतिस्पर्धात्मक खेलको १३ औं मिनेटमा पुलिसका लागि निरुले पहिलो गोल गरिन्। ३७ औं मिनटमा आर्मीकी गोलरक्षक दिपा अधिकारीको हातबाट बल फुत्किएपछि सोही अवसरको फाइदा उठाउँदै अनमार्क रहेकी चन्द्राले दोस्रो गोल गरिन्।
पहिलो हाफमा २-० को अग्रता लिएको पुलिसले आर्मीका लागि पनि एक गोल गरिदियो।
खेलको पहिलो हाफको इन्जुरी समयमा आर्मीकी कृष्णा खत्रीको प्रहार जोगाउँदै पुलिसकी सान्ता राईले आफ्नै गोलरक्षकलाई बल पास दिएकी थिइन्। तर पुलिसकी गोलरक्षक नमिताकुमारी दली अगाडि बढिसकेकाले बल सिधै पोष्टभित्र छिर्यो।
पुलिसको सोही आत्मघाती गोलका कारण आर्मीले फाइनलमा गोलरहित बन्नु परेन। उपाधिसँगै पुलिसले दुई लाख रुपैयाँ पुरस्कार पनि पायो। उपविजेता आर्मीले एक लाख रुपैयाँ पुरस्कार हात पार्यो।
मुक्कामुक्की
खेलको अन्त्य भने दु:खद बन्यो। मुख्य रेफ्रि कल्पना शर्माले पुलिसलाई विजयी बनाउन षडयन्त्र गरेको भन्दै खेल सकिनुभन्दा दुई मिनटअघि आर्मीले बिवाद सुरु गर्यो।
बिवाद बढ्दै गएपछि दुबै टोलीका खेलाडीबीच मैदानमै मुक्कामुक्की पनि सुरु भयो। खेलाडीबीच मुक्कामुक्की सुरु भएपछि प्रहरी र आर्मीबीच पनि कुटाकुट हुन थाल्यो।
भिडन्तमा चारजना घाइते भए। घाइते हुनेमा पुलिसकी खेलाडी अमृता जैसी, प्रहरी जवान हरी चौलागाई, ससस्त्र प्रहरीका मनराज कट्वाल र दर्शक सन्तोस राइ छन्। घाइतेको
जिल्ला अस्पताल इलाममा उपचार भइरहेको छ। पुलिसको पक्षमा लागेर रेफ्रीले खेल खेलाएको भन्दै आर्मीका खेलाडी र जवानले केही समय खेलसमेत अवरुद्ध गराएका थिए।
दुबै पक्षको भिडन्तका कारण इलामको ठुलो टुँडीखेलको अवस्था करिब २५ मिनेट तनावग्रस्त बनेको थियो।

0 comments
Readers Comments
i love like and koment