निर्दोष अनिस खालिङलाई बचाऔ अभियान
संखुवासभा मत्सेपोखरीका २३ बर्षिय युवा अनिस खालिङलाई आमा एक्लैले
हूर्काएका थिए । पढाईमा मेधावी खालिङ माध्यामिक पढाई सिद्धाएर धनकुटामा झरी
सिएमए शिक्षा लिदै गर्दा उनी भन्दा कान्छी रबिता संग उनको प्रेम विवाह भयो
। उनका अहिले कल्कलाउदो छोरी पनि छ तर ती अबोध छोरीलाई आफ्नो बुबाको केही
दिन पछि सजायको नाममा हत्या गरिन्दैछ भन्ने कुरा थाह छैन । आमाको हालत त झन
बयान गरि साध्य छैन उनको बुढेसकालको सहरा अब गुमाउन लागेका छन् । अन्यका
श्रीमानहरु विदेशबाट धन कमाएर सुन्दर भविश्य बोकेर घर फर्कनेछन् तर रबिताले
पनि काखमा नानी खेलाउदै पर्खनेछिन तर उनको श्रीमान फर्कने निश्चित छैन ।
मिठामिठा सपनाहरु बुनेर युगल जोडि अनिस र रबिता घरदेश र परदेशमा बाँडिएका
हुन तर फेरी यो जोडिको यो जुनीमा भेट हुनेनहुने टुगो छैन । गरिब देश
हुनुको कारण विदेशिएका नेपालीहरुलाई अन्य देशकाहरुले पेल्ने हेप्ने कार्य
हाम्रो लागि स्थायी रोग हो । अझ पाकिस्तानी, भारतीय, बंगाली आदी त झन
हाम्रो लागि ठूलो दुश्मन सरह नै हुन । त्यस्तै यसपटक अनिसले पाकिस्तानी संग
बाँध्यतावस लड्न बाँध्य हुनु परेको जानकारी प्राप्त भएको छ । साँचो कुरा
के हो स्पष्ट हुन सकेको छैन । आखिर जहा पनि निरिह र गरिबहरु नै हो मारमा
पर्ने त्यस्तैगरि यसपटक अनिस परेका छन् । झगडा जो कसैको जुनसुकै ठाँउमा हुन
सक्छ तर कसैको पनि ज्यान हत्या गर्ने मनसाय हुदैन तर दुर्भाग्यवस
भवितब्यमा परि मृत्यू हुन सक्दछ । प्राप्त जानकारी अनुसार सामान्य झगडामा
घाइते बनेका एक पाकिस्तानीको उपचार हुदाहुदै मृत्यू भएको कारण हत्या आरोपमा
अनिसलाई निक्कै लामो समय देखि जेलमा राखिएको थियो र भर्खरै मात्र
मृत्यूदण्डको सजाय सुनाएको हो । मनसायपूर्वक जघन्य अपराध गरेको भए
तत्कालै अनिसलाई मृत्यूदण्ड भई सक्थ्यो । दोस्रो भाषा नमिल्ने भएकोले
निर्धो अनिसलाई दोषि बनाईएको हुन सक्छ । तेस्रो कलिला उमेरका अनिसलाई
फसाईएका हुन सक्दछ । प्यारी श्रीमति, संसार बिर्षाउने सुन्दर नानी र सिंगो
संसार बृद्धा आमालाई हेरचार गर्दै आएका अनिसको अघिल्ला दिनहरुमा पनि लडाई
झगडा तथा अपराधिक गतिविधिमा संलग्न भएको देखिन्दैन तसर्थ विदेशमा नेपाली
हामी निर्धो छौ । त्यसैले पहिलो आशंका फसाईएको हुन सक्दछ वा भवितब्य परेको
हुन सक्दछ । अर्को कुरा मृतक विदेशी नै भएकोले अस्पतालले उपचारमा
हेलचेक्राई गरेको कारण पनि घाइतेको मृत्यू भएको हुन सक्दछ ।
जे
होस अनिसको जीबन संग, उनको अबोध बच्चाको जीबन छ । उनको प्यारी श्रीमतिको
जीबन छ । बृद्धा आमाको जीबन छ र अन्य धेरैको जीबन छ । दुबईको तल्लो र
माथिल्लो दुबै अदालतले मृत्यू दण्डको सजाय सुनाई सकेको कारण अब उनलाई
बचाउने समय हामी संग थोरै मात्र छ । ब्लड मनी लगभग ५६ लाख बुझाउन सकेमा
उनलाई मृत्यूदण्डबाट बचाएर घरदेश ल्याउन सक्नेछौ । तब सहि कुरा उनैको
मुखबाट सुन्न सकिनेछ किन की फसाएर जेलमा राखिएको घट्नाहरु हजारौहजार छन् ।
कलिला उमेरका अनिसलाई बचाउन सक्नु सिर्फ एकको ज्यान मात्र बचाउनु होइन
धेरैको ज्यान र मन बचाउनु हो । विदेशमा लगभग हामी ५० लाख नेपालीहरु छौ ।
गाँउ शहरमा युवा विद्यार्थी सबै आआफ्नो गच्छे अनुसार सहयोग संकलनमा जुटेका
छन् । त्यसैले अनिस बचाउन आवश्यक पर्ने ५६ लाख उठाउन सकिएला भन्ने आस गरौ ।
जे जति हुन्छ सहयोग गरौ र नजिकका साथिभाई, चिनजानलाई भनौं । हाम्रो सानो
सहयोगले निर्दोष ब्यक्तिको जीबन बच्न सक्छ । यो सानो सहयोगले ठूलो परिवर्तन
हुन सक्छ । तसर्थ मन खोलेर सहयोग गर्नुहुन हार्दिक अनुरोध गर्दछौ । ककसले
कति सहयोग गर्नुभएको हो हामी यहि वेभसाइट तथा विभिन्न माध्ययमहरुबाट छर्लग
देखाउने छौ ।
यहाको सहयोग र सद्भावको लागि धयवाद । तपाईको साथि, भाई, छोरा अनिसलाई बचाऔ । यो अभियान संसारभर पुरयाऔं । धन्यवाद ।
0 comments
Readers Comments
i love like and koment