समाचार,
कहाँ र कसरी प्रयोग गर्ने वाइम्याक्स ?
Posted by Unknown
Published on Wednesday, 15 January 2014
कहाँ र कसरी प्रयोग गर्ने वाइम्याक्स ?
नेपाल टेलिकमले चैत १४ गते देखी र्सवसाधारण उपभोक्ताका लागि वाइम्याक्स सेवा सुरु गरेको छ । टेलिकमका अनुसार यसै हप्ता देखी र्सवसाधारणलाई वाइम्याक्स इन्टरनेट वितरण प्रारम्भ गरिएको हो । टेलिकमले नीजि दुई कम्पनी एयरम्याक्स टेक्नोलोजी र युनिटेक नेटवर्कसँग सहकार्य गरी उपभोक्तालाई वाइम्याक्स चलाउनका लागि आवश्यक पर्ने युएसबी उपकरण मार्फत वाइम्याक्स सेवा वितरण गर्ने भएको छ। यस सेवाको लागी उपफभोक्ताले उपत्यकामा सुन्धारा, जावलाखेलका टेलिकमका काउन्टर तथा
पुलतीसडक, दरबारमार्ग, कुपण्डोल र नयाँवानेश्वरमा नीजि कम्पनीका बिक्रि तथा सेवा केन्द्रबाट वाइम्याक्स सेवा लिन सक्नेछन्।
उपत्यका बाहिर भने नेपाल टेलिकमको शाखा कार्यालयहरुबाट नै वाइम्याक्स सेवा वितरण हुने प्रावधान मिलाइएको नेपाल टेलिकमले जनाएको छ। वाइम्याक्स सेवा बिक्रि तथा वितरणका लागि टेलिकमसँग सम्झौता गरी ति दुई कम्पनीले विराटनगर, पोखरा, चितवन, बुटवल, धनगढी र महेन्द्रनगरमा सम्पर्क कार्यालय खोल्ने तयारीमा छन्। वाइम्याक्स अहिले कर्णाली बाहेक १३ अञ्चलका ४९ जिल्लामा सञ्चालनमा आइसकेको टेलिकम स्रोतले बताएको छ। र्सवसाधारणले वाइम्याक्स चलाउनका लागि प्रयोग गर्ने युएसबी डिभाइसले दुई किलोमिटर सम्म टाढाको सिग्नल टिप्छ। जसबाट राम्रो गतिमा इन्टरनेट चलाउन सकिन्छ।
यसै सन्दर्भमा टेलिकमले उपभोक्ताका पहिलो तीन महिनाका लागि महशुलमा ५० प्रतिशत छुट दिने भएको छ। टेलिकमले वाइम्याक्स प्रविधिमार्फत इन्टरनेट चलाउनका लागि हाललाई २५६ केबीपीएस, ५१२ केबीपीएस र १ एमबिपीएस वा सो भन्दा बढी क्षमताको आधारमा १ महिना, ३ महिना र एक वर्षको प्याकेजको महसुसल दर निर्धारण गरेको छ। सर्वसाधारणले ३ महिनाको प्याकेज खरिद गर्दा सुरुको ३ महिनाको महसुलमा ५० प्रतिशत छुट प्रदान गरिने छ भने एक वर्षको प्याकेज खरिद गरी एकमुष्ट महसुल भुक्तानी गर्दा १५ प्रतिशत छुटको व्यवस्था गरिएको टेलिकमले जनाएको छ। त्यसैगरी मुलुकका मुलुकका सबै गाउँविकास समिती र नगरपालिकाले सिफारिस गरेको ठाउँमा वाइम्याक्स इन्टरनेट राख्नका लागि २५६ केबीपीएसको प्याकेजमा ५० प्रतिशत छुट दिने टेलिकमले बताएको छ। । यस प्रविधि अर्न्तरगत यु।एस।बी, मोडेम मार्फत डेस्कटप, ल्यापटपमा इन्टरनेट चलाउन पनि सकिने बताएको छ।

0 comments
Readers Comments
i love like and koment