रोचक जानकारी,
सास गन्हाएको कसरी थाहा पाउने
Posted by Unknown
Published on Friday, 17 January 2014
डा. अरुणा उप्रेती
विचार
गर्नोस् त ! मनपर्ने मानिससँग तपाईंको भेटघाट भइरहेछ र त्यो व्यक्तिले
तपाईंसँग कुरा गर्दागर्दै मुख छोपेर उता फर्क्यो भने । तपाईं कुनै कामका
लागि अन्तरवार्ता दिन जाँदै हुनुहुन्छ, तपाईंलाई विश्वास छ, तपाईं यो
अन्तरवार्तामा सजिलै सफल हुनुहुनेछ ।
अन्तरवार्ता
लिने मानिसले तपाईंलाई रमाइलो कुरा भन्छन् । तपाईंहरू दुवै हाँस्नुहुन्छ ।
तर, यो हाँसो हुँदा अन्तरवार्ता लिने व्यक्तिले अमिलो मुख लगाएर नाक
खुम्च्याएर मुख उता फर्काउ“छन् । तपाईंलाई कस्तो लाग्छ ?
सास गन्हाएको कसरी थाहा पाउने
प्रायः
मानिसहरूले अरूको सास गन्हाएको भन्दैनन्, तर व्यवहारमा प्रकट गर्छन् । सास
गन्हाउने मानिसस“ग कोही लामो समयसम्म कुरा गर्न नचाहने मात्र होइन कि स“गै
बस्न पनि रुचाउ“दैनन् ।
आफ्नो
सास गन्हाएको कुरा आफैंले कसरी थाहा पाउने त ? दुवै हातले मुख छोपेर लामो
सास लिने अनि सास फेर्ने । प्याज, लशुन, रक्सी नखाएका बेला यसरी सास फेर्दा
गन्हाउँछ भने गिजाको कुनै गम्भीर समस्या परेको हुनसक्छ ।
पेटमा गडबडी भएर पनि सास गन्हाउन सक्छ । मृगौला सम्बन्धी समस्या हुने मानिसको पनि कुनै अवस्थामा मुखबाट नराम्रो गन्ध आउन सक्छ ।
सास नगन्हाउने उपाय के ?
सास
नगन्हाउनका लागि भोजनमा ध्यान दिनुपर्छ । जस्तो लशुन, प्याज आदिको प्रयोग
गर्दा सास गन्हाउन सक्छ । यस्ता भोजन राती खानु ठीक हुन्छ । खाना खाइसकेपछि
राम्रोसँग दाँत माझ्नु पनि एउटा उपाय हो ।
मादक पदार्थ
रक्सी,
बियर जस्ता पदार्थ सेवन गरेपछि जति मुख माझ्ने गरेपनि सास गन्हाउँछ । कुनै
महत्वपूर्ण सभा, गोष्ठी आदि ठाउ“मा भाग लिन जानुपर्ने बेलामा कमसेकम १२
घण्टा अगाडिदेखि नै मादक पदार्थ सेवन नगर्नु उचित हुन्छ ।
कुल्ला गर्नु
बिहान
उठ्नेबित्तिकै मनतातो पानीमा नून हालेर कुल्ला गर्दा दाँतका कीटाणुहरू ५०
प्रतिशत नष्ट हुन्छन् । राती सुत्नुभन्दा पहिले दा“त माझेर सुत्ने बानीले
मुख गन्हाउन कम गर्ने मात्र नभई यसले पछिसम्म पनि दा“तको सुरक्षा गर्छ ।
मुख
गन्हाउने प्रमुख कारणमध्ये राती सुत्दा दा“त सफा नगर्नु नै हो । बेलुका
खाना खाइसकेपछि दाँत राम्ररी सफा नगरेमा मुखमा खानेकुराका टुक्रा अड्कन्छन्
र रातभरी तिनले दाँतमा कीटाणु उत्पन्न गराउँछन् ।
ती
कीटाणुहरूले दा“तको बाहिरी भागलाई बिस्तारै बिस्तारै नष्ट पार्दै जान्छन् र
दाँत सिरिंङ हुन्छ । पछि दाँतको बाहिरी भाग नष्ट भएर दुख्न थाल्छ । जसलाई
हामी कीरा लागेको भन्दछौं । सम्भव भएसम्म राती सुत्दा ब्रश गर्ने बानी
बसाल्नुपर्छ ।
सम्भव
छैन भने औंलाले मुखलाई चारैतिर सफा गरी कुल्ला गर्नु पनि उपयुक्त हुन्छ ।
कुल्ला गर्ने बानीले दा“तलाई गन्हाउन र कीरा लाग्नबाट केहि हदसम्म बचाउ“छ ।
व्रत बसेका बेला पेट खाली हुनाले पनि मुख गन्हाउन सक्छ । यस्तो बेलामा
पर्याप्त मात्रामा पानी पिउने, ल्वाङ, सुकमेल चुस्नु उपयुक्त हुन्छ ।
विभिन्न मसलाको प्रयोगले पनि गन्हाउनबाट रोक्छ ।
जिभ्रो सफा गर्ने
धेरैजसो
व्यक्तिहरू दा“त सफा गर्छन्, तर जिभ्रो चाहि“ त्यसै छोडिदिन्छन् र त्यो नै
मुख गन्हाउने कारण बन्न जान्छ । दा“त सफा गर्दा, कुल्ला गर्दा जिभ्रो पनि
सफा गर्नु अति जरुरी छ ।
(डा. उप्रेतीको पुस्तक आफ्नो स्वास्थ्य आफ्नै हातमाबाट)



0 comments
Readers Comments
i love like and koment