समाचार,
क्वालालम्पुर । मलेसियाले अवैधानिक कामदारविरुद्ध देशव्यापी धरपकड
Posted by Unknown
Published on Thursday, 23 January 2014
क्वालालम्पुर, मलक्का लगायतका विभिन्न क्षेत्रबाट कामदारहरू पक्राउ गरिएको हो । मंगलवार राती क्वालालम्पुरको चौगेटबाट ३० नेपाली र मलक्काबाट केही नेपाली पक्राउ गरिएको यहाँको संचार माध्यमहरुले उल्लेख गरेका छन् ।
सोमबार अभियान थाल्नु केही घन्टाअघि मात्रै नेपालीको जमघट हुने स्थान कोतारायबाट झन्डै डेढसयको संख्यामा गैरकानुनी विदेशी कामदार पक्राउ परेका थिए । त्यहाँ कति नेपालीहरु पक्राउ परे भन्नेबारे थप खुलाइएको छैन् ।
नेपाली राजदूतावासले पक्राउ परेका नेपालीवारे औपचारिक जानकारी प्राप्त नभएको वताएको छ । राजदूत निरञ्जनमानसिंह बस्न्यातले अनलाइनखबरसँग भन्नुभयो-’औपचारिक जानकारी आएको छैन, अहिल्यै केही भन्न सकिन्न ।’
सुनसान जमघटस्थल
घरपकडको प्रभाव नेपालीहरु जम्मा हुने स्थानहरुमा पनि परेको छ । नियमित जस्तो भिड हुने क्वालालम्पुरको कोताराय, पेनाङको वुकित मर्तजाम,जोहोरवारुको जोहोरवारु सेण्टरमा नेपालीहरु न्यून सख्यामा देखिन थालेको त्यहाँस्थित नेपालीहरुले जानकारी दिएका छन् ।
वैधानिक भएकाहरु समेत प्रहरीको फन्दामा परिने डर र त्रासले वाहिर निस्कन सकिरहेका छैनन् । कतिपय कम्पनीहरुले श्रमिकहरुलाई कम्पनी र होस्टलभन्दा वाहिर नजान र गएमा त्यसको जिम्मेवारी आफै हुने चेतावनी दिएका कारण पनि श्रमिकहरु वाहिर निस्कन छाडेका हुन ।
होष्टल र कम्पनीबाट निकालिए
यसैवीच कतिपय कम्पनीहरुले आफुले राखेको अवैधानिक कामदारहरुलाई काम दिन र कम्पनीको होस्टल छाड्न अनुरोध गरेपछि नेपाली श्रमिकहरु विचल्लीमा पर्न शुरु भएको छ ।
धरपकड शुरु हुनु अघिसम्म नेपाली दूतावासले हप्तामा ८० जनालाई पुत्राजया इमिग्रेसनमा लगेर आउट पासको व्यवस्था मिलाउने गरेकोमा केही सयम रोकिएको छ । इम्रिगेसनले नै केहि समयको लागि रोक्न अनुरोध गरेको वताइएको छ ।
‘भिडभाडले गर्दा रोकेका हुन सक्छन, हामिले त्यहाँका अफिसरसँग कुराकानी गरिरहेका छौ’ दूतावासका एक कर्मचारीले भने-’पहिलेको भन्दा पनि धेरैलाई आउटपास दिलाउने ब्यवस्थामा लागेका छौं ।’ आउट पास पाउन पालो कुरेर वसिरहेको संख्या करिव २५ सय जति छ ।
दूतावासमा सयौंको भीड
मलेसिया सरकारले अबैधानिक बिदेशी कामदारलाई पक्राउ गर्ने तयारी थालेपछि यहाँस्थित नेपाली राजदूतावासले आइतवार पनि कार्यालय खोलेर ट्राभल डकुमेन्ट बितरण गर्न थालेको छ ।
आइतवार मात्रै ४ सय ७० वितरण गरिएको थियो भने सोमवार यो संख्या तीन गुणा वढेको र राति २ बजेसम्म ट्राभल्स डकुमेण्ट वितरण गर्नु परेको दुतावासले जनाएको छ । ट्राभल डकुमेण्ट लिनेको चाप निकै वढेपछि अरु कामकाजमा समेत त्यसको प्रभाव परेको छ । दूतावासवाट गरिने कामदार मागको प्रमाणिकरण २४ तारिखसम्मका लागि रोकिएको छ ।
मलेसियाले यात्रा अनुमतिपत्र र घरफिर्ति टिकट लिइसकेकालाई पक्राउ नगर्ने भने पनि घर र्फकनुअघि अध्यागमनमा बुझाउनुपर्ने जरिवाना रकमबारेमा केही जानकारी आई नसकेको नेपाली दूतावासले जनाएको छ ।
पक्रिने डरले दूतावास पुग्नै समस्या
यता क्वालालम्पुर नजिकै रहेको अवैधानिक नेपाली श्रमिकहरुले ट्राभल डकुमेण्ट वनाईरहदा जोहोरबारु, पेनाङ, क्वामरुन हाइलैण्ड, मुहार, क्वान्तान जस्तावाट ठाउँवाट नेपाली श्रमिकहरु दूतावास सम्म आउन सकिरहेका छैनन् । वाटो-वाटोमा चेकिङ भैरहेको कारण उनीहरु वाटैमा समातिने डरले दूतावाससम्म आउन नसकेका हुन् ।अनलाईन खबर


0 comments
Readers Comments
i love like and koment