रोचक जानकारी,
रोचक प्रसंग -पानी किन र कति पिउने ?
Posted by Unknown
Published on Tuesday, 28 January 2014
रोचक प्रसंग -पानी किन र कति पिउने ?
पानी जीवनको आधार हो । धर्मशास्त्र र दर्शन देखि विज्ञानसम्मले जिवको उत्पत्ति पानीमै भएको तथ्यलाई स्विकारेका छन् । जिवन ज्युनकालागी पानी अत्यन्त महत्वपुर्ण तत्व हो । पृथ्वीमा र हाम्रो शरीरमा पनि पानीकै बाहुल्यता छ । तर पनि यसको महत्वलाई बुझ्न नसक्दा हामीले विभिन्न समस्याहरु भोगी रहेका छौ । पानीको महत्वलाई सवैसामु छर्लङ्ग पार्ने र स्वच्छ पानीका स्रोतहरुको संरक्षण संम्वद्र्धन र दिगो विकासका लागी वकालत गर्ने अभिप्रायले १९९३ देखी संयुक्त राष्ट्र संघको आह्वानमा यो दिवश हरेक वर्ष मार्च महिनाको २२ तारिकका दिन मनाईदै आईएको छ । पानि सहकारिताको अन्तराष्ट्रिय वर्षको उपनामले सम्वोधन गरेर सधैं झै यस वर्ष पनि विश्व पानी दिवश विश्वभर विभिन्न कार्यक्रमको साथ मनाईदै छ । यसै उपलक्ष्यमा पानीको चिकित्सकीय महत्वलाई बुझेर व्यवहारमा उतार्न हामी सवैको दयित्व हो ।
हाम्रो शरिर रचनामा सर्वाधिक (६० – ७० प्रतिशत) हिस्सा ओगटेको, विभिन्न जैव–रासायनिक क्रियाहरुमा प्रत्यक्ष तथा परोक्ष रुपमा संलग्न रहेको हाइड्रोजन र अक्सिजनका परमाणुहरुले बनेको यौगीन नै पानी हो । हाड जस्तो कठोर अंगमा २२ प्रतिशत दाँतमा १० प्रतिशत, छालामा २० प्रतिशत, मस्तिष्कमा ७५ प्रतिशत, माशंपेशीमा ७६ प्रतिशत, रगतमा ८३ प्रतिशत र सम्पुर्ण शरीरमा लगभग ७० प्रतिशत पानीको मात्रा छ । पानिलाई जिवनको घोलक भन्ने उपनामले पनि चिनिन्छ । विभिन्न जैव रसायीनिक तथा उपापचयी क्रियाहरुलाई चाहिने जलिय माध्यम उपलब्ध गराउने देखी यस्ता कृयाहरुमा आंफै पनि संलग्न हुने, विभिन्न तत्वहरुको परिवहन गर्ने गराउने, रक्तचाप तथा शारीरको तापक्रम नियन्त्रण गर्ने, विषक्त पदार्थहरुको निष्काशनमा सहयोग पुर्याने काम पनि पानी ले नै गर्दछ । एउटा बयष्क पुरुषको शरीरमा ५५ देखी ७० प्रतिशत र महिलाको शरीरमा ४५ देखी ६० प्रतिशत पानी हुन्छ । शारीरिक पानीको दुइ तिहाई हिस्सा कोषहरु भित्र हुन्छ भने एक तिहाई हिस्सा रगत र कोषहरुको वरीपरिको खाली ठाउँमा रहन्छ । शरीरमा पानीको संन्तुलन बनाई रहनका लागी लगभग दैनिक ३ देखी ५ लिटर पानीको आवश्यक पर्दछ । जस मध्ये ७०० मिलि पानी खानाको माध्यम भएर प्रवेश गर्दछ भने ३०० मिलि पानी शरीर भित्रै उत्पन्न हुने गर्दछ । बाँकी पानीको पुर्ति भने पानी पिएर नै गर्नु पर्दछ ।

0 comments
Readers Comments
i love like and koment