khabar,
चौकीको जिम्मा महिला प्रहरीलाई
Posted by Unknown
Published on Thursday, 27 February 2014
चौकीको जिम्मा महिला प्रहरीलाई
कान्तिपुर संवाददाता
काँकडभिट्टा, फाल्गुन - २३ वर्ष लामो प्रहरी सेवामा गंगामाया राई सधैं हाकिमको अरनखटनमा बसिन् । अब भने पालो उनको आएको छ । प्रहरी सहायक निरीक्षक गंगामायाले पहिलोपटक अस्थायी प्रहरी चौकी इन्चार्जको जिम्मेवारी सम्हाल्ने अवसर पाएकी छन् । 'अरूको मातहत वर्षौं बसियो', गंगाले भनिन्, 'अहिले आफैं कमान्ड सम्हाल्ने मौका पाएकी छु ।'
झापाको अनारमनी ९, बिर्ताबजारको करिब आधा शताब्दी पुरानो चौकीमा गंगाको नेतृत्वमा ११ जना महिला प्रहरी खटाइएको छ । चौकीमा प्रसनि राईसहित हवल्दार टीकादेवी कार्की यादव र लक्ष्मी श्रेष्ठ तथा आठजना प्रहरी जवानलाई माघ २ देखि तैनाथ गरिएको छ । इलाका प्रहरी, बिर्तामोडको सबैभन्दा पुरानो चौकी यही हो ।
स्तरोन्नति भएर बिर्तामोड स्थान्तरण गरिएपछि 'ग' श्रेणीको यो चौकी असइको जिम्मामा थियो । २०२२ सालताका स्थापना भएको चौकीको जिम्मा पहिलोपटक महिलालाई दिइएको हो ।
बिर्तामोडसँगै जोडिएको चौकी मातहत अनारमनी, चारपाने र गरामनी गाविसका दर्जनभन्दा बढी वडा र बिर्तामोड-चन्द्रगढी राजमार्गको सुरक्षा जिम्मेवारी छ । सहायक निरीक्षक राईले शान्ति सुरक्षा र अपराध नियन्त्रण आफ्नो पहिलो प्राथमिकतामा पर्ने बताइन् । 'शान्ति सुरक्षा र अमनचयन निर्माणमा कुनै कसर बाँकी राख्दैनौं', गंगाले भनिन्, 'यसका लागि नागरिक समाजको साथ लिन्छौं ।'
लामो समयदेखि महिला प्रहरीको छुट्टै चौकी स्थापनाबारे चर्चा भए पनि आवश्यक स्रोतसाधन अभावले हुन सकेको थिएन । महिला प्रहरीलाई चौकीको नेतृत्व दिने धोको पूरा भएको मेची अञ्चल प्रहरी प्रमुख एसएसपी केशरीराज घिमिरेले जनाए । महिला प्रहरीको भूमिका बढाउन अञ्चलमै पहिलोपटक महिलालाई चौकीको सम्पूर्ण जिम्मेवारी हस्तान्तरण गरिएको उनले जनाए ।
यसैगरी महिला प्रहरीले नै सञ्चालन गर्ने गरी इलामको पूर्वी पशुपतिनगर बजारमा पनि प्रहरी चौकी स्थापना गरिएको छ । महिलासँग सम्बन्धित मुद्दामामिला प्रभावकारी रूपले अनुसन्धान गर्दै प्रहरीमा महिला सहभागिता बढाउन यस्तो प्रयास थालिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

0 comments
Readers Comments
i love like and koment