khabar,
मृत्युदण्डबाट जोगिए मलेसियामा नेपाली १० वर्ष कैद सजायँ मात्र
Posted by Unknown
Published on Friday, 28 February 2014
१६ फागुन, काठमाडौं । आफनै कम्पनीमा कार्यरत साथीको हत्या अभियोग लागेका एक नेपाली मृत्युदण्डको सजायँबाट जोगिएका छन् । कम्पनीका सुपरभाइजरको हत्या गरेको अभियोगमा उनलाई मृत्युदण्डको सजायँ दिन माग गर्दै अदालतमा मुद्दा चलिरहेको थियो । मलेसियाको उच्च उदालतले उनलाई मृत्युदण्डको सट्टा १० वर्षको जेल सजायँ सुनाएको छ । जोहोरको तामान सन्तोषामा रहेको एक बेकरी कम्पनीमा कार्यरत धनुषा बेंगादवार-४ घर भएका सुरवीर गोलेलाई अदालतले उक्त सजाय सुनाएको हो ।
‘तिमीमाथि भएको अन्यया पनि हामीले महसुस गर्यौं’ इजलासमा न्यायाधीशले गोलेलाई भनेका थिए-’तर तिमीले जे गर्यौ, त्यो कानुनबिपरित हो, तिमीले कानुनको पालना गर्नुपर्छ ।’ आफुले हत्या गर्ने मनसायबाट छुरा नहानेको भन्ने उनको बयानले गर्दा अदालतले कैद सजायँ घटाइदिएको हो ।



0 comments
Readers Comments
i love like and koment