समाचार,
पोखराबाट १८ जनासहित जुम्ला उडेको जहाज अर्घाखाँचीमा दुर्घटनाग्रस्त
Posted by Unknown
Published on Sunday, 16 February 2014
पोखराबाट १८ जनासहित जुम्ला उडेको जहाज अर्घाखाँचीमा दुर्घटनाग्रस्त
=======================================
वायुसेवा निगमको ट्वीनअटर विमान।
काठमाडौं : काठमाडौं-पोखरा- जुम्ला- नेपालगञ्जका लागि उडेको नेपाल वायुसेवा निगमको ट्वीनअटर अल्फा ब्राबोब्राबो जहाज अर्घाखाँची जिल्लाको पोखराथोक गाविसमा दुर्घटनाग्रस्त भएको छ।
१८ जनासहित आइतबार ११ बजेर ५५ मिनेटमा काठमाडौंबाट उडेको 'नाइन एन - एबीबी' कलसाइन भएको जहाज पोखरामा इन्धन भरेपछि १२ बजेर ४३ मिनेटमा जुम्लाका लागि उडेको थियो। पोखराबाट जुम्ला जाँदै गर्दा जहाज सम्पर्कविहीन भएको थियो।
१९ सिटको जहाजमा एक बालक सहित १५ यात्रु सवार थिए। १५ मध्ये एक जना विदेशी थिए।
क्याप्टेन शंकर श्रेष्ठले उडाएको जहाजमा कोपाइलट रवीन्द्र वञ्जारा र एयर होस्टेस मुना महर्जन थिए।
काठमाडौं-पोखरा- जुम्ला- नेपालगञ्जका लागि उडेको विमान काठमाडौं तथा पोखराका दुबै टावरसँग सम्पर्कविहीन भएपछि खोजी तथा उद्धार सुरु गरिएको थियो।
पोखरा विमानस्थल प्रमुख प्रतापबाबु तिवारीले अन्नपूर्णलाई बताए, 'जुम्लाको मौसम राम्रो भएर पठाएका थियौँ', तिवारीले भने, 'तर मौसम खराब भएपछि जहाज सम्पर्कमा आएन।'
तिवारीका अनुसार जहाज उडेको केही समयमै पाइलट र जुम्ला टावरसँग सम्पर्क भएको थियो। जुम्लामा मौसममा खरावी आएपछि जुम्लामा जहाज अवतरण गर्न नसकिने जानकारी पाइलटलाई दिइएको थियो। त्यसपछि पाइलट शंकर श्रेष्ठले सुर्खेत विमानस्थलमा सम्पर्क गरेका थिए ।
पोखरा विमानस्थल टावरसँग भने १ बजेर १३ मिनेटमा रुकुमको खारामाथि जहाज उडिरहेको अन्तिम सम्पर्क भएको थियो।
यसैबीच भैरहवा टावरले पनि १ बजेर ८ मिनेटमा पाइलटले जहाजलाई फर्काउन कोशिस गरेको कुराकानी रेकर्ड गरिएको जानकारी नेपाल वायु सेवा निगमले दिएको छ।

.jpg)

0 comments
Readers Comments
i love like and koment